BIZMANDU
www.bizmandu.com

रविभवनमा विश्वकै उत्कृष्ट होटल ब्राण्ड ल्याउँछौं, सिद्धार्थ राणाको अन्तर्वार्ता

२०७१ माघ २७

रविभवनमा  विश्वकै उत्कृष्ट होटल ब्राण्ड ल्याउँछौं, सिद्धार्थ राणाको अन्तर्वार्ता
रविभवनमा विश्वकै उत्कृष्ट होटल ब्राण्ड ल्याउँछौं, सिद्धार्थ राणाको अन्तर्वार्ता


प्रत्येक नेपालीको आकांक्षा आफ्नो जीवनस्तर सुधार्ने नै हुन्छ । त्यसलाई पूरा गर्न यातायात एउटा महत्वपूर्ण साधन हो । त्यसैले हामीले दीर्घकालिन लक्ष्यसहित लगानी गरेका हौ त्यसैले हामीले एगे्रसिभ लगानी गरेका छौ । हाम्रो पहिलो उदेश्य उपभोक्ताको आवश्यकतालाई परिपूर्ति गर्नु हो । दोस्रो यो क्षेत्रमा प्रतिस्पर्धा गर्नु पनि हो

एउटा लगानीकर्ताको हिसाबले नाफा धेरै सानो अंश हो । कम्पनीको खर्च धेरै क्षेत्रमा हुन्छ  । जस्तो हामीले पूर्वाधार र मानव संशाधनमा लगानी गरिरहेका हुन्छौ । सिप्रदी नौ सय जनाको परिवार छ । उनीहरुलाई विभिन्न तालिम दिन्छौ । हामी मुलुकभित्रका सबैभन्दा राम्रो तलब सुविधा दिने कम्पनीभित्र पर्छौ । हामी गर्व पनि गछौं । हाम्रो कम्पनीमा उत्कृष्ट कर्मचारी कार्यरत छन्

रविभवनमा ८० कोठाको होटल हुनेछ । झन्डै तीन अर्बको हाराहारीमा लगानी गरेर निर्माण हुने होटलका लागि हामी अहिले कुन ब्रान्ड ल्याउने भन्ने चरणमा छौ । हामीले ल्याउन खोजेको विश्वबजारको सबैभन्दा उत्कृष्ट ब्रान्डहरु हो जुन महँगोमा पर्छन् ।  कुन ब्रान्ड ल्याउँदा नेपालमा राम्रो हुन्छ र साझेदारलाई पनि भनेर मूल्यांकन गरिरहेका छौ । एउटा राम्रो संकेत के छ भने विश्वको केही उत्कृष्ट ब्रान्ड हामीसँग साझेदार गर्न प्रतिवद्व छन् ।

 

Tata
Global Ime

सिप्रदी, भोटेकोशी, सूर्य नेपाल, अमरावती इन्टरनेशनल जस्ता दर्जनभन्दा बढी कम्पनीमा सिद्धार्थ शम्सेर जवरा परिवारको लगानी छ । नेपालमा सबैभन्दा बढी व्याक्तिगत आयकर तिर्ने सिद्धार्थले नेतृत्व गर्ने कम्पनी अर्बौं रुपैयाँ मुनाफा गर्छन् । उनले नेतृत्व गर्ने कम्पनीका कर्मचारी संधै हँसमुख देखिन्छन्, उनी आफै पनि भन्छन्, मुलुकभित्र कर्मचारीलाई हामी सबैभन्दा बढी तलव सुविधा दिनेमा पर्छौं । तर उनै सिद्धार्थ मिडियामा भने ‘साइ’ छन्, मिडियामा आउँदै नआउने त होइन्, तर हामी कमै आउँछौं, उनले बिजमाण्डूसँगको एक्सक्लुसिभ कुराकानीमा भने । राणालाई विजमाण्डूका विज्ञान अधिकारीले सोधे, तपाईंले ठूलो जलविद्युत आयोजना निर्माणका लागि नेतृत्व गर्ने दिन आएन ?

 

सिप्रदीले टाटाको प्यासेन्जर भेहिकलमा ११ प्रतिशतको बजार हिस्सालाई १५ प्रतिशतमा पुर्याउने र १८ महिनाको वीचमा ६ वटा प्यासेन्जर भेहिकल लन्च गर्ने घोषणा गर्नुभएको छ । सिप्रदीको काठमाडौं र देशभर सञ्जाल विस्तार गर्न लगानी समेत भइरहेको छ । दश वर्षको योजना हेरेर लगानी गर्छौ भन्नुहुन्छ । यति धेरै एग्रेसिभ भएर किन अगाडी बढ्दै हुनुहुन्छ ?
हामीले हेर्यौं भने नेपालको विकासका सूचकांक कम नै छ । जुन सूचकांकमा हेरे पनि कम नै हो । यसको अर्थ सहश्राब्दी विकास लक्ष्यमा हेर्दा प्रगति नभएको होइन् । मातृमुत्युदर, शिक्षा र स्वास्थ्य क्षेत्रमा नेपालले धेरै प्रगति गरेको छ ।  

तर न्यूनतम पूर्वाधार र आवश्यकतामा हेर्यो भने धेरै कम छ ।  कुल जनसंख्याको शुन्य दशमलव पाँच प्रतिशतसँग मात्रै सवारी साधन छ । हामी के विश्वास गर्छौ भने भबिष्यमा यो क्षेत्रले मात्रै प्रगति गर्न सक्छ ।
प्रत्येक नेपालीको आकांक्षा आफ्नो जीवनस्तर सुधार्ने नै हुन्छ । त्यसलाई पूरा गर्न यातायात एउटा महत्वपूर्ण साधन हो । त्यसैले हामीले दीर्घकालिन लक्ष्यसहित लगानी गरेका हौ त्यसैले हामीले एगे्रसिभ लगानी गरेका छौ । हाम्रो पहिलो उदेश्य उपभोक्ताको आवश्यकतालाई परिपूर्ति गर्नु हो । दोस्रो यो क्षेत्रमा प्रतिस्पर्धा गर्नु पनि हो । भबिष्यमा हाम्रो क्षमता भनेको पूर्वाधार र मानव संशाधन भएकोले यसमा नै लगानी गरेका हौ ।

सिप्रदीले वार्षिक १५/२० अर्बको कारोबार गर्छ । र यो क्षेत्रमा आफुले कमाएको मुनाफा अन्यत्र नलगी यही लगानी गरिरहेको छ । हामी यसलाई यसरी हेरौं, अटोमोबाइल क्षेत्रमा भविष्यमा ठूलो विस्तार हुने सम्भावना छ ।
एउटा लगानीकर्ताको हिसाबले नाफा धेरै सानो अंश हो । कम्पनीको खर्च धेरै क्षेत्रमा हुन्छ  । जस्तो हामीले पूर्वाधार र मानव संशाधनमा लगानी गरिरहेका हुन्छौ । सिप्रदी नौ सय जनाको परिवार छ । उनीहरुलाई विभिन्न तालिम दिन्छौ । हामी मुलुकभित्रका सबैभन्दा राम्रो तलब सुविधा दिने कम्पनीभित्र पर्छौ । हामी गर्व पनि गछौं । हाम्रो कम्पनीमा उत्कृष्ट कर्मचारी कार्यरत छन् । हामी के विश्वास गछौं भने कमाएको मुनाफा कम्पनीमा लगानी गर्नुभएन भने व्यवसायप्रतिको प्रतिवद्वता  पनि रहँदैन । बजार विस्तार त अवश्य नै हुन्छ ।

नेपालमा केही थोरै घरानाभित्र तपाईहरु पर्नुहुन्छ जो असल व्यवसायिक अभ्यासका आफ्नो कम्पनी अगाडी बढाइरहनुभएको छ । यतिबेला राजनीतिक कोर्षबाट अगाडी बढेर स्थायित्वतिर गइरहेको छ । धेरै व्यवसायिक घरानाले लगानीको प्रतिवद्वता गरिरहेका छन् । तपाईहरु के सम्भावना हेरिरहनुभएको छ ?
हाम्रो अहिले जहाँ लगानी भैरहेको छ, त्यो क्षेत्रमा हामी थप लगानी विस्तार गर्दैछौ । नयाँ व्यवसाय भनेको हस्पिटालिटी क्षेत्र हो । तर अहिलेसम्म हामीले कोसँग र कुन तहसम्म जाने भन्ने निर्णय गरेका छैनौ । पूर्वाधार र जलविद्युत क्षेत्रमा हामीले धेरै लगानी गर्न सक्छौ ।

तर नेपाल विद्युत प्राधिकरणले सय मेगावाटसम्मका परियोजनाको विद्युत खरिदका लागि जुन महशुलदर तोकेको छ, त्यो महसुलका आधारमा जलविद्युतमा लगानी गर्न असम्भव नै भयो । २५ देखि एक सय मेगावाटसम्मको आयोजनाहरुलाई उनीहरु वर्षामा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसा दिने भन्छन् । त्यो महशुलका आधारमा परियोजना विकास गर्यो भने आन्तरिक प्रतिफल ७ प्रतिशत पनि हुँदैन । राजनीतिक र सामाजिक जोखिमका  आधारमा हेर्ने हो भने जसले लगानी गर्छ त्यो पनि डुब्छ र लगानी गर्ने बैंकहरु पनि डुब्छ भन्ने हाम्रो बुझाई हो ।

तपाईहरुको लगानी भएको भोटेकोशीमा राजनीतिक समस्या भोग्नु भयो । यही राजनीतिक हस्तक्षेपका कारण जलविद्युतमा लगानी नगर्ने सोच बनाउनुभएको त होइन ?
राजनीतिक कारण होइन । नेपालको ल्यान्डस्केप हेर्यो भने वातावरण त्यही हो ।  त्यतिबेला हामी दुखी थियौ भने नेपालका अरु क्षेत्रमा कति दुखी हुन्छन् । यो एउटा वातावरण र ल्यान्डस्केप एउटा अंग भइसक्यो ।

हामीलाई थाहा छैन यसमा परिवर्तन कहिले हुन्छ ? मुख्य कुरा वितीय सम्भाब्यता नै छैन । मलाई अहिले ठूला आयोजनामा प्रतिवद्धता आइरहेको छ नी नेपाल सरकारले त्यहाँ ध्यान दिन थाल्यो भने त्यो पनि ठीक हो ।

२० वटा आयोजनाको पीपीएमा हस्ताक्षर गर्नुभन्दा तीन वटा आयोजनाको पीपीए गर्नु त्यो पनि ठीक होला । यसले गर्दा जलविद्युत ठाउँ ठाउँमा भइदिए विकास पनि फैलिन सक्थ्यो । तर अहिलेको जुन महशुलदर छ, त्यो महसुलमा साना परियोजना विकास गर्न आर्थिक र वित्तीय रुपमा सम्भव छैन ।

प्रभाकर शम्शेर राणाले सार्वजनिक मन्तब्यको क्रममा सात सय डलरको प्रतिव्यक्ति आय दुई हजार डलरमा पुर्याउनका लागि बीस चालिस मेगावाट होइन हजार हजार मेगावाटमा लगानी गर्न आवश्यक छ भन्नुभएको थियो । तपाईहरुसँग भारतको ठूला घराना टाटासँग लामो समयदेखिको सहकार्य छ र तपाईहरु आफै पनि वित्तीय रुपमा सक्षम हुनुहुन्छ । यो समूहले ठूलो आयोजनाको नेतृत्व गर्नसक्ने अवस्था रहँदैन ?
हामीलाई ठूला आयोजनाका केही प्रस्तावहरु पनि आएका थिए । त्यसमा हाम्रो आफ्नो लगानी क्षमता चाँही सिमित छन् । नेपालको लागि हाम्रो समूह ठूलै देखिएला तर विश्वलाई छोडौ क्षेत्रीय हिसावबाट यो ठूलो होइन । टाटाले जलविद्युत होइन नविकरणीय उर्जाका लागि एसएन पावरसँग राम्रो साझेदारी छ ।
तामाकोशीमा स्ट्याटक्राफ्टले आयोजना विकास सम्झौंता गर्न लगानी बोर्डसँग छलफल गरिरहेको छ । त्यसको पछाडी टाटा नै छ । ठूला जलविद्युत आयोजनाको बारेमा मैले अहिले नै निश्चित गर्न सक्दिन् ।

हस्पिटालिटीको कुरा गर्दा तपाईहरुले दुई वर्षअघि रविभवनमा ठूलो जग्गा किनेर ठिक्क पारेर राख्नुभएको छ । यतिबेला हेर्दा काठमाडौंमा चार/पाँच वटा तारे होटेलको निर्माण हुने तयारीमा छ । तपाईहरु होटललाई कसरी अगाडी बढाउने योजनामा हुनुहुन्छ ?
रविभवनमा ८० कोठाको होटल हुनेछ । झन्डै तीन अर्बको हाराहारीमा लगानी गरेर निर्माण हुने होटलका लागि हामी अहिले कुन ब्रान्ड ल्याउने भन्ने चरणमा छौ । हामीले ल्याउन खोजेको विश्वबजारको सबैभन्दा उत्कृष्ट ब्रान्डहरु हो जुन महँगोमा पर्छन् ।

रविभवनको योजना भनेको कुन ब्रान्ड ल्याउँदा नेपालमा राम्रो हुन्छ र साझेदारलाई पनि भनेर मूल्यांकन गरिरहेका छौ । एउटा राम्रो संकेत के छ भने विश्वको केही उत्कृष्ट ब्रान्ड हामीसँग साझेदार गर्न प्रतिवद्व समेत देखिएका छन् ।

तर हामीले अहिलेसम्म कुनै निर्णय गरेका छैनौ । हामीसँग आउने ब्रान्ड मात्रै होइन उसको क्षमता र उनीहरुले यहाँ गर्ने सहयोग क्षमता हेरेर चाँडै निर्णयमा पुग्छौ ।

रविभवनमा होटल बनाउन तपाईं आफै सक्रिए भएर युरोपदेखि भारतसम्मका ठूला ब्राण्डसँग छलफल गरिरहनुभएको छ, के यो चाँढै टुङ्गो लाग्ला ?
पक्कै पनि यसका लागि विभिन्न चरणमा विभिन्न कम्पनीसँग छलफल भएको छ । भारतीय कम्पनीसँग पनि छलफल भएको छ, युरोपेली कम्पनीसँग पनि छलफल भएको छ । तर हामीले उत्कृष्ट ब्राण्डसँग साझेदारी गर्छौं । मैले भने पनि रविभवनमा ४२/४५ रोपनी जग्गामा हामी ८०/८५ कोठाको मात्रै होटल बनाउँछौं ।

तपाईहरुको समूह वाहेक नेपालमा ठूला व्यवसायिक घरानालाई हेर्ने आम दृष्टिकोण राम्रो छैन । तपाईहरुको समूहले असल व्यवसायिक अभ्यास गर्छ । यहाँ काम गर्ने कर्मचारी सधै खुशी मुडमा देखिन्छन्, तपाईं आफै देशको सबैभन्दा ठूलो व्याक्तिगत करदाता हुनुहुन्छ । यस्तो वातावरण कसरी तयार हुन्छ ?
यो तपाईले भन्नुभएकोमा धन्यवाद । आमजनताले राम्रो समूह भन्दा गर्व पनि लाग्छ । यो चाँही इन्हेरियन्ट गरेको हो । मेरो बुबा व्यवसाय रहनुहुँदा र छोड्दा आफ्नो रेपुटेशन र पारदर्शीतामा कहिल्यै पनि सम्झौंता नर्गनु भनेर मर्जी भएको थियो ।

व्यवसायमा कुनै पनि सर्टकट छैन । सफलताको पनि सर्टकर्ट छैन । यो भनेको दीर्घकालीन हो । बुबाको भनाई अनुसार पारदर्शीता, कानुनको सम्मान, कामदारको सम्मान, सरोकारवालाको सम्मान गर्नुपर्छ भन्ने मान्यतालाई हामीले अंगाल्ने प्रयास गरेका छौ । गल्ती एकदुई ठाउँमा भएका होलान् । ती गल्तीलाई हामीले ज्ञानको रुपमा लिएर अघि बढेका छौ ।  हाम्रो समूहको चाहे त्यो सूर्य नेपाल होस् कर तिर्ने सबालमा होस् हामीले नैतिकताभित्र रहेर आफुलाई अघि बढाएका छौ ।