BIZMANDU
www.bizmandu.com

चार महिनामा लाभा मोवाइल नेपालकै नम्बर १ ब्राण्ड बन्छ, लाभाका बिक्री प्रमुख धामीको अन्तर्वार्ता

२०७२ असोज २५

चार महिनामा लाभा मोवाइल नेपालकै नम्बर १ ब्राण्ड बन्छ, लाभाका बिक्री प्रमुख धामीको अन्तर्वार्ता
चार महिनामा लाभा मोवाइल नेपालकै नम्बर १ ब्राण्ड बन्छ, लाभाका बिक्री प्रमुख धामीको अन्तर्वार्ता


लाभा मोवाइल नेपालमा 'फास्ट ग्रोइङ ब्राण्ड'मध्ये एक पर्छ । बार फोनमा राम्रो उपस्थिती जनाएको यो कम्पनीले विस्तारै स्मार्टफोनमा पनि आफ्नो उपस्थिती बलियो बनाउने रणनीतिमा छ । अहिले १२ वटा मोडलका मोवाइल बेचिरहेको लाभाको नेपालस्थित आधिकारिक विक्रेता अम्बे मोवाइल्सले छिट्टै नै यो संख्या १९ पुर्‍याउने तयारी गरिरहेको छ । कम्पनीका अबको योजनालगायतका विषयमा लाभा मोवाइलको नेपालस्थित विक्री प्रमुख प्रदीप धामीसँग गरिएको कुराकानी :
 
नेपाली बजारमा धेरै स्मार्ट फोन बिक्रेता छन् । धेरे कम्पनीका बारफोन पनि छन् । तपाईंहरुको अहिलेको अवस्थामा नेपाली बजारमा कस्तो हिस्सा छ ?
हामीले पछिल्लो तीन/चार महिनामा हाम्रो व्यापार सुरु भएको छ । यो अवधिको समीक्षा गर्दा हामी राम्रो अवस्थामा पुगेका छौं । नेपालमा जति पनि मोवाइल फोनका ब्राण्डहरु छन् ती मध्ये तेस्रो स्थानमा हामी रहेका छौं ।
 
नेपाली बजारमा तपाईंहरुको मुख्य प्रतिस्पर्धी को हो ?मुख्य प्रतिस्पर्धी भनेर त्यसरी म कुनै ब्राण्डको नाम त लिन चाहन्न । ब्राण्डको नाम त नतोकौं । हामी उपभोक्तालाई 'भ्यालु फर मनी' भनेर सेवा दिइरहेका छौं । उपभोक्ताले जति पैसा तिर्छन् त्यस अनुसार उनीहरुले सेवा पाउनुपर्छ भन्ने हाम्रो मुख्य मान्यता रहेको छ । नेपालमा जति पनि ब्राण्ड आउँछन् ती सबै हामी प्रतिस्पर्धा गरिरहेका छौं । आजको दिनमा एप्पल, सामसुङ हाम्रो प्रतिस्पर्धी हो भन्दा अलि गलत पनि होला । तर जति पनि सेमी इन्डिएन ब्राण्ड आउँछन् ती सबैसँग हामी बलियो प्रतिस्पर्धा गरिरहेका छौं । 

Tata
Global Ime

अर्को कुरा पछिल्लो ४ महिनामा हामीले जुन व्यापार भइरहेको छ, हामीले बजारमा जस्तो खालको प्रतिक्रिया पाइरहेका छौं त्यस अनुसार सेमी इन्डियन ब्राण्डमा हामी एक नम्बरमा छौं । तर जब समग्र बजारको कुरा आउँछ हामी छिट्टै नै त्यो स्थानमा पुग्छौं ।
 
समग्र मोवाइल बजार हेर्दा नेपालमा १ हजारदेखि १ लाख रुपैयाँभन्दा महँगा मोवाइल नेपाली बजारमा छन्, त्यसलाई हेर्दा तपाईंहरुको कस्ता कस्‍ता उत्पादन नेपाली बजारमा छन् ?
हामीसँग १२ सय रुपैयाँदेखि २० हजार रुपैयाँसम्म मूल्य पर्ने मोवाइल नेपाली बजारमा छन् । साधारण फोन चलाउनेदेखि जो ग्राहक स्मार्टफोन चलाउन चाहन्छ ती सबै ग्राहक अहिले हाम्रो केन्द्रमा छन् । अहिलेसम्म हामी बारफोनमा धेरै गयौं । यसमा हामी हिरो नै हौं । हामीले अहिलेसम्म बार फोनमा कसैसँग प्रतिस्पर्धा नै गर्नु परेको छैन । अब हामी स्मार्टफोनमा केन्द्रित गर्दै छौं । हामीले अबको परिवर्तित माग र ग्राहकको चाहनालाई सम्बोधन गर्ने गरी त्यसलाई अगाडि बढाउन खोजेका छौं ।
 
तपाईंले नेपाली बजारमा स्मार्टफोनमा अब केन्द्रित हुने बताउनुभयो, तर धेरै कम्पनीहरुले अहिले  नै आफ्नो बलियो अवस्था नेपालमा बनाइसकेका छन् । त्यस्ता कम्पनीसँग कसरी प्रतिस्पर्धा गर्नुहुन्छ ?
लाभाको जुन नाम छ त्यो आफैंमा बलियो ब्राण्ड हो । हामीले जसरी ग्राहकलाई सेवा दिएका छौं, जुन मूल्यमा स्तरीय फोन उपलब्ध गराएका छौं त्यसमा पनि हामीले प्रतिस्पर्धा नै गर्नु पर्दैन । हामीले जुन उत्पादन नेपाली बजारमा ल्याएका छौं त्यसले मै हुँ भन्ने ब्राण्डलाई पनि सोच्न बाध्य बनाइदिन्छ । हामीले जसरी कन्जुमर फोकस गरेर काम गरिरहेका छौं, आफ्टर सेल्स सर्भिस बलियो बनाएका छौं, त्यसले पनि हामीलाई अझै बलियो बनाउँछ । हामीले अहिले देशभर १८ वटा सर्भिस सेन्टर सञ्चालनमा ल्याएका छौं । त्यसले पनि ग्राहकलाई अझ सुविधा दिन्छ ।
 
मैले अघि पनि भेको छु लाभाको जुन नाम छ यो भारतको दोस्रो  ठुलो ब्राण्ड हो र तीव्र गतिमा विकास भइरहेको छ । यसले विभिन्न देशहरुमा राम्रो व्यापार गरिरहेको छ । आज सामसुङको ४० हजार पर्ने फोनमा जति सुविधा छ त्यसलाई हामी १५ हजारमा दिन सक्छौं । हामीले स्मार्ट फोन बेच्न थालेको २ वर्ष भएको छ । यो अवधिमा ग्राहकले जसरी प्रतिक्रिया दिनुभएको छ त्यसले पक्कै पनि हामीलाई अगाडि बढ्न सहयोग गर्छ ।
 
लाभाको नयाँ उत्पादन अब नेपाली बजारमा के आउँदै छ ?
हामी स्मार्टफोनमा अहिले पनि संघर्षरत होइनौं । हामीले जति पनि मोवाइल बेच्छौं त्यसमा ३५ प्रतिशत त स्मार्टफोन नै बेचिरहेका छौं । जहाँसम्म नयाँ आउने मोवाइलको कुरा छ हामीसँग पिक्सेल भिडियो प्लस ल्याँउदै छौं । हामी यो हप्तामै नेपाल भित्र्याउँदै छौं । हामी अब हाइएर क्लासमा जाँदै छौं । म तपाईलाई एउटा कुरा भन्छु लाभा अब ४ हजार ४५ सयको स्मार्टफोन बेच्ने मेन्टालिटीमा छैन ।  हामीले प्रिमियम क्वालिटीमा केही न केही सुविधा दिन्छौं । हामी फोरजी फोन २२ हजारमा नेपाली बजारमा ल्याउँदै छौं ।  यसले ग्राहकलाई नयाँपन दिन्छ भन्नेमा म विश्वस्त छु ।
 
अहिले हामीले १२ वटा मोडलका सेट नेपाली बजारमा ल्याएका छौं । अबको केही दिनमा नै थप ७ वटा मोडल नेपाल भित्रिन्छ । अर्को कुरा हामिले ग्राहकलाई सन्तुष्ट बनाउने गरी काम गरिरहेका छौं । १८ वटा हाम्रा सेल्स काउन्टरबाट बढाउने सोचमा छौं । आफ्टर सेल्स सर्भिस बलियो बनाउने काम गरिरहेका छौं । यी सबै कुरालाई हेर्दा २०१५ को डिसेम्बरमा हामी नेपालको समग्र मोवाइल ब्राण्डमध्ये पहिलो बन्छ भन्नेमा म विश्वस्त छु । यी सबै कुरा भयो हामी अबको ४ महिनामा नेपालकै मोवाइलमा नम्बर एक हुनेछौं ।