BIZMANDU
www.bizmandu.com

साउदीमा श्रम क्षेत्र सुधार : कामदारले रोजगारदाताको अनुमतिबिना काम परिवर्तन र घर फर्कन पाउने

२०७७ कात्तिक २०

Tata
Global Ime

काठमाडौं। साउदी अरेवियाले बुधवार आफ्नो श्रम क्षेत्रमा ठूलो सुधारको घोषणा गरेको छ। यसले मजदुरहरुमा काम परिवर्तनको अवसर दिने छ। साथै रोजगारदाताको अनुमतिबिना निष्कासन तथा पुन: प्रवेश भिसाको सुविधा पनि पाउने गल्फ न्यूजले जनाएको छ।

त्यहाँको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले लेबर रिफर्म इनिसिएटिभ (एलआरई)ले  कामदार र रोजगारदाताबीच रचनात्मक सम्बन्धको विकास गर्ने र साउदी अरबलाई रोजगार बजारको आकर्षक केन्द्रको विकास गर्ने अपेक्षा गरेको जनाएको छ।

मन्त्रालयले यो परिवर्तन मार्च १४ २०२१ बाट लागू हुने जनाएको छ। यो परिवर्तन सबै प्रकारका कामदारहरुमा लागू हुनेछ। साथै यस सुधारले मजदुर र रोजगारदाताको अधिकारको रक्षा गर्ने जनाएको छ।

तीन करोड ४८ लाख जनसंख्या रहेको साउदी अरबमा एक करोड ५ लाख बराबर विदेशी जनसंख्या रहेको छ। यो परिवर्तनले मजदुरले रोजगारदाताको स्वीकृति बिना काम परिवर्तन गर्न पाउने छन्। साथै रोजगारदाताको अनुमतिबिना साउदी बाहिर जान पाउने छन्। र, पुन प्रवेशाज्ञासमेत पाइनेछ।

आफ्नो कामको अनुबन्धन समाप्त भएसँगै रोजगारदाताको अनुमतिबिना देश छाड्न समेत कामदारले पाउने मन्त्रालयले जनाएको छ। यसको जानकारी विद्युतीय माध्यमबाट जानकारी गराइने छ। यी सबै सेवा स्मार्ट फोन एप्लिकेसन, मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयको वेबसाइटबाटसमेत प्राप्त गर्न सकिने छ।

अनुबन्धन तोड्दा कामदारले त्यसको त्यसका असरहरुको सामना भने आफैं गर्नुपर्ने जनाइएको छ।