BIZMANDU
www.bizmandu.com

औषधी लिमिटेडको रिक्त महाप्रबन्धकको पदका लागि ३ जनाको नाम मन्त्रिपरिषद्‍मा पेस

२०७७ पुष १२

औषधी लिमिटेडको रिक्त महाप्रबन्धकको पदका लागि ३ जनाको नाम मन्त्रिपरिषद्‍मा पेस
औषधी लिमिटेडको रिक्त महाप्रबन्धकको पदका लागि ३ जनाको नाम मन्त्रिपरिषद्‍मा पेस


Tata
Global Ime

काठमाडौं। सरकारी लगानीको कम्पनी नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदमा नियुक्तिका लागि तीन जनाको नाम सिफारिस भएको छ।

सूचीबाट एक जनाको नाम छनोट गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नामावली सिफारिस मन्त्रिपरिषद्‍मा पेश गरेको हो। महाप्रबन्धक पदमा नियुक्तिका लागि उम्मेदवार छनोट गर्न मन्त्रालयले भदौ ३ गते सूचना प्रकाशित गरेको थियो। त्यसपछि आकांक्षीलाई छनोट प्रक्रियामा सहभागी गराइएको थियो।

'उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति र मनोनयन सम्बन्धी निर्देशिका, २०७७' अनुसार गठित सिफारिस समितिले अन्तिममा तीन जनाको नाम छनोट गरेको हो। छनोटमा परेकाहरुमा गुल्मीका अर्जुन अर्याल, रौतहटका मोहम्मद सफिउल्लाह र ललितपुरमा राजकुमार थापा छन्।

यी तीनमध्ये मन्त्रिपरिषद् बैठकले एक जनाको नाम छनोट गर्नेछ। हाल उक्त उद्योगले सिटामोल, जीवनजल, सेनिटाइजर लगायतका औषधि तथा औषधिजन्य सामाग्री उत्पादन गर्दै आएको छ।