BIZMANDU
www.bizmandu.com

प्रभु बैंकको सीइओको वार्षिक तलब सुविधा एक करोड १३ लाख रुपैयाँ बढ्यो, बुझे ३ करोड ४२ लाख

२०७७ पुष २४

प्रभु बैंकको सीइओको वार्षिक तलब सुविधा एक करोड १३ लाख रुपैयाँ बढ्यो, बुझे ३ करोड ४२ लाख
प्रभु बैंकको सीइओको वार्षिक तलब सुविधा एक करोड १३ लाख रुपैयाँ बढ्यो, बुझे ३ करोड ४२ लाख


Tata
Global Ime

काठमाडौं। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको तलब सुविधा एक वर्षमा एक करोड १३ लाख रुपैयाँले बढेको छ। 

उनले गत आर्थिक वर्ष तलब भत्ताबापत २ करोड ५७ लाख ९२ हजार रुपैयाँ बुझे भने कर्मचारी बोनस बापत ४८ लाख ७० हजार रुपैयाँ बुझेका छन्। यसबाहेक दसैं तथा बिदाबापतको भत्ता ३५ लाख ६८ हजार रुपैयाँ बुझेका छन्। उनले कुल बुझेको रकममा ३६ प्रतिशत आयकर पनि बुझाएका छन्। 

अघिल्लो वर्ष उनले २ करोड २९ लाख रुपैयाँ तलब भत्ता बुझेका थिए। बैंकले प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ताबाहेक इन्धन र मर्मत संभारसहित सवारी साधन उपलब्ध गराएको छ। 

बैंकले अन्य पदाधिकारीहरुलाई २ करोड ४० लाख रुपैयाँ भुक्तानी गरेको छ। उनीहरुले तलब भत्ताबाहेक प्रमुख कार्यकारीले जस्तै दुर्घटना बीमा, औषधोपचार बीमा सुविधा पाएका छन्। यसबाहेक आश्रित परिवारको बीमा पनि सुविधा पाएका छन्।

बैंकको प्रमुख कार्यकारी शेरचन हुन् भने ब्यवस्थापन समूहमा मणिराम पोखरेल, भोलाप्रसाद पाठक र निरज लम्साल छन्। 

बैंकले बोनससहित कर्मचारीमा कुल २ अर्ब १५ करोड ६७ लाख रुपैयाँ खर्च गरेको छ। बैंकको सञ्चालन खर्च एक अर्ब ४३ करोड रुपैयाँ छ। 

बैंकले पुस २६ गते डाकेको साधरणसभामा प्रस्तुत गर्न लागेको वार्षिक प्रतिवेदन अनुसार, ६ जना सञ्चालकहरुको निर्वाचन गर्दैछ। तीन जना सर्वसाधारण र बाँकी तीन संस्थापक सेयरधनीबाट सञ्चालक चयन गर्दैछ। बैंकले १० प्रतिशत बोनस सेयरको एजेण्डा पनि साधारणसभामा लैजाँदैछ। यसबाहेक कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांशको एजेण्डा पनि लैजाँदैछ।

बैंकले गत आर्थिक वर्ष एक अर्ब १९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकसँग कुल सम्पत्ति एक खर्ब ६७ अर्ब रुपैयाँ छ।