BIZMANDU
www.bizmandu.com

कृषि विकास बैंकले माग्यो ३२६ जना कर्मचारी, प्लसटुले पनि आवेदन दिन मिल्ने, फारम अनलाइन

२०७७ माघ ९

कृषि विकास बैंकले माग्यो ३२६ जना कर्मचारी, प्लसटुले पनि आवेदन दिन मिल्ने, फारम अनलाइन
कृषि विकास बैंकले माग्यो ३२६ जना कर्मचारी, प्लसटुले पनि आवेदन दिन मिल्ने, फारम अनलाइन


Tata
Global Ime

काठमाडौं। कृषि विकास बैंकले चार तहको लेखापालदेखि ९ तहकको वरिष्ठ शाखा प्रमुखसम्मका लागि जागिर माग गरेको छ। बैंकले प्रशासन र प्राविधिक सेवाका लागि सहायकदेखि अधिकृत तहसम्मका लागि आवेदन माग गरेको हो।

बैंकले कुल १५ वटा पदका लागि ३२६ जना कर्मचारी माग गरेको हो। यसमध्ये १८१ जना खुला, ५२ जना महिला, ३७ जना आदिवासी/जनजाति, ३० जना मधेसी, १३ जना दलित, ६ जना अपांगता भएका र ७ जना पिछडिएको क्षेत्रबाट जागिरका लागि आवेदन माग गरेको हो।

नियुक्ति स्थायी हुने छ। पदअनुसार योग्यता फरक फरक तोकिएको छ। कम्तिमा प्लसटु उत्तीर्ण हुनु पर्नेछ। परीक्षा दस्तुर ४ सयदेखि एक हजार रुपैयाँसम्म लाग्ने छ। परीक्षा दस्तुर कनेक्ट आइपीएस, इसेवा र खल्ती एपलगायतबाट बुझाउन सकिन्छ। 

अनलाइनबाट फारम भर्न सकिने छ। बैंकको वेबसाइटमा यो सुविधा उपलब्ध छ। उमेर हद पदअनुसार फरक फरक छ। ४० वर्षसम्मकाले आवेदन दिन सक्ने छन्।