BIZMANDU
www.bizmandu.com

आइक्यानलाई चाहियो एसएलसीदेखि स्नातकसम्म उत्तीर्ण १५ कर्मचारी, प्रतिष्ठानलाई पनि १९ जना

२०७७ माघ १६

Tata
Global Ime

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले १५ जना कर्मचारी माग गरेको छ। चारदेखि सात तहसम्मका कर्मचारी माग गरिएको हो।

आइक्यान चार्टर्ड एकाउन्टेन्ट्सहरुको नियामक निकाय हो। आइक्यानले एसइइदेखि स्नातक तह उत्तीर्णहरुका लागि अवसर दिन लागेको हो। सबै प्रशासन समूहअन्तर्गतका कर्मचारी माग गरिएको हो।

सात तहको एक, ६ तहको १०, ५ तहको एक र चार तहको तीन जना कर्मचारी माग गरिएको छ। ६ तहमा खुला ५, महिला, आदिवासी जनजाति, मधेसी, दलितलाई एक/एक वटा सिट आरक्षित गरिएको छ। कानुनमा एक जना माग गरिएको छ। चार तहमा दुई जना खुला र एक जना महिलाबाट कर्मचारी माग गरिएको छ।

परीक्षा लिखित र अन्तर्वार्ता हुनेछ। दरखास्त अनलाइनबाट बुझाउन पाइने छ। दरखास्त फागुन ६ गतेसम्म बुझाउनु पर्नेछ। उमेर २१ देखि ३५ वर्ष तोकिएको छ। महिलालगायतलाई ४० वर्षसम्म तोकिएको छ।

अनलाइन तस्तुर तीन सयदेखि एक हजार रुपैयाँसम्म लाग्नेछ। दस्तुर इसेवा वा कनेक्ट आइपीएसबाट बुझाउन मिल्छ। 

यता पर्यटन मन्त्रालय अन्तर्गतको नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठानले पनि कर्मचारी माग गरेको छ। प्रतिष्ठानले ४ देखि ६ तहसम्मको कर्मचारी माग गरेको हो। कुल १९ जना कर्मचारी माग गरिएको छ।