BIZMANDU
www.bizmandu.com

आर्थिक संकटपछि चार हजार कर्मचारीलाई अवकाश दिँदै फक्सवागन, १४ अर्ब रुपैयाँ खर्चिदै

२०७७ चैत्र २

आर्थिक संकटपछि चार हजार कर्मचारीलाई अवकाश दिँदै फक्सवागन, १४ अर्ब रुपैयाँ खर्चिदै
आर्थिक संकटपछि चार हजार कर्मचारीलाई अवकाश दिँदै फक्सवागन, १४ अर्ब रुपैयाँ खर्चिदै


Tata
Global Ime

जर्मन। गाडी उत्पादक कम्पनी फक्सवागनले जर्मनमा रहेको आफ्नो प्लान्टमा कार्यरत चार हजार कर्मचारीलाई अवकाश दिने भएको छ। कोभिड-१९का कारण आर्थिक संकटमा परेको यो कम्पनीले १३ अर्ब ८० करोड(१० करोड युरो) छुट्याएको छ।

कम्पनीका अनुसार जन्म मितिको आधारमा सन् १९६४ मा जन्मिएका कमर्चारीलाई आंशिक अवकाशको व्यवस्था गरिएको छ भने सन् १९६० अगाडि जन्मिएका कर्मचारीका लागि प्रारम्भिक अवकाश 'अर्लि रिटायरमेन्ट' दिने व्यवस्था लागु गरिएको छ।

अर्लि रिटायरमेन्टका लागि नौ सय जना कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ। यो व्यवस्थाले कम्पनीसँग सम्वद्ध छ वटा प्लान्टमा चार हजार पदहरु रिक्त रहने जनाइएको छ। कम्पनीसँग हाल एक लाख २० हजार कर्मचारी कार्यरत छन्।