BIZMANDU
www.bizmandu.com

३८ युवालाई सितैं प्राविधिक शिक्षा तालिमको अवसर, नेपाल इन्जिनियरिङद्वारा दरखास्त आह्वान

२०७७ चैत्र ७

३८ युवालाई सितैं प्राविधिक शिक्षा तालिमको अवसर, नेपाल इन्जिनियरिङद्वारा दरखास्त आह्वान
३८ युवालाई सितैं प्राविधिक शिक्षा तालिमको अवसर, नेपाल इन्जिनियरिङद्वारा दरखास्त आह्वान


Tata
Global Ime

काठमाडौं। तालिम लिएर प्राविधिक क्षेत्रमा काम गर्न चाहने  विपन्न परिवारका युवाहरुका लागि नेपाल इन्जिनियरिङ एण्ड टेक्निकल साइन्स एकेडेमीले अवसर दिने भएको छ।

१८ जनालाई प्लम्बर र २० जनालाई हाउस वाइरिङको तीन महिने तालिम दिने भएको हो। निःशुल्क पाइने उक्त तालिमका सहभागीले कोर्स पूरा गरेपछि सीटीइभीटीबाट प्रमाणपत्र पाउने छन्।

चाइना फाउन्डसन फर पोभर्टी एलिभिसन र सफा सुनौलो नेपालको आर्थिक साझेदारीमा संस्थाले ३० वर्ष मुनि उमेरका युवालाई तालिम दिने योजना अघि सारेको हो।

संस्थाको ललितपुरको कुसुन्तीमा हुने तालिम पूरा गरेकाहरुले सीप परीक्षणपछि प्रमाणपत्र पाउने छन्। इच्छुकका लागि नेपाल इन्जिनियरिङले शनिबार सूचना प्रकाशित गरेर दर्खास्त आह्वान गरेको हो।

सहभागी हुन चाहनेले नेपाली नागरिकताको प्रतिलिपी र एउटा पासपोर्ट साइजको एउटा राखेर चैत २२ गतेसम्ममा निवेदन दिन सक्ने संस्थाले जनाएको छ।