BIZMANDU
www.bizmandu.com

कर्मचारी माग्यो पाँचतारे होटल सोल्टीले, आठ जनाका लागि जागिरको अवसर

२०७८ बैशाख १८

कर्मचारी माग्यो पाँचतारे होटल सोल्टीले, आठ जनाका लागि जागिरको अवसर
कर्मचारी माग्यो पाँचतारे होटल सोल्टीले, आठ जनाका लागि जागिरको अवसर


Tata
Global Ime

काठमाडौं। कोरोना भाइरसले होटल व्यवसाय ठप्प बनाएको छ। होटलहरु बन्द छन्। अधिकांश होटलले कर्मचारी कटौती गरेका छन्।

कटौतीमा परेकाहरु घरमै बस्नु परेको छ। तर महामारीकै राजधानी पाँचतारे होटलले भने कर्मचारी चाहिएको भन्दै विज्ञापन खुलाएको छ। सोल्टी होटल लिमिटेडले कर्मचारी माग गर्दै विज्ञापन खुलाएको हो। शनिबार एक सार्वजनिक सूचना प्रकाशन गरेर ८ जना उच्च तहका कर्मचारी मागेको छ।

म्यानेजर लर्निङ एण्ड डेभलपिङ पदका लागि ४५ वर्ष नकटेको इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन्। होटल म्यानेजमेण्ट विषयमा ब्याचलर डिग्री हासिल गरेको हुनुपर्ने छ।समान्तर पदमा तीन वर्षमा काम गरेको अनुभव  खोजिएको छ।

किचन एक्जुकेटिभ पदका लागि होटल म्यानेजमेण्टमा ब्याचलर डिग्री वा होटल डिप्लामा हासिल गरेको एक जना काम गर्न इच्छुक व्यक्ति  मागिएको छ। उमेर ४५ वर्ष नकटेको पाँच वर्ष खाना तयार र क्याटरिङ प्रविधि, ब्यांकेट किचनमा पाँचतारे होटलमा काम गरेको अनुभव खोजिएको छ।

गेष्ट रिलेसन एक्जुकेटिभ पदमा दुइ जना ३० बर्षभन्दा कम उमेरका होटल म्यानेजमेन्टमा ब्याचलर डिग्री वा होटल डिप्लोमा गरेका व्यक्तीहरुले आवेदन दिन सक्नेछन्। उक्त पदका लागि २ वर्षको अनुभव खोजिएको छ। ब्यांकेट एक्जुकेटिभ पदमा ४० वर्षभन्दा कम उमेरको प्लस टु पास गरेको इच्छुक एक व्यक्तिले आवेदन दिन सक्नेछन्।ब्याङक्वैट सर्भिसमा १० वर्ष काम गरेको अनुभव खोजिएको छ।

इण्डियन स्पेशिलिष्ट सेफ पदका लागि सिनियर र जुनियर गरि दुइ जना मागिएको छ। ४० वर्ष मुनि उमेर समूहको होटल म्यानेजमेन्ट विषयमा ब्याचलर वा होटल डिप्लोमा गरेको शैक्षिक योग्यता मागिएको छ।

पाँच वर्ष काम गरेको अनुभवी व्यक्ती खोजिएको छ। आगामी एक साताभित्र  आवेदन दिइसक्नुपर्नेछ।