BIZMANDU
www.bizmandu.com

सामाजिक सुरक्षा कोष स्वैच्छिक गर्न बैंकर्सले श्रममन्त्री भेट्दै, सहमतिको प्रयास गरिने

२०७८ असार ३

सामाजिक सुरक्षा कोष स्वैच्छिक गर्न बैंकर्सले श्रममन्त्री भेट्दै, सहमतिको प्रयास गरिने
सामाजिक सुरक्षा कोष स्वैच्छिक गर्न बैंकर्सले श्रममन्त्री भेट्दै, सहमतिको प्रयास गरिने



काठमाडौं। सामाजिक सुरक्षा कोषका बारेमा छलफल गर्न विमलप्रसाद श्रीवास्तवलाई भेट्न जाने भएका छन्।

Tata
Global Ime

बैंकर्स संघको बिहीबार भएको कार्यसमिति सदस्यसँगको छलफलमा सामाजिक सुरक्षा कोषका अव्यवहारिक प्रावधानका बारेमा श्रममन्त्री श्रीवास्तवसँग छलफल गर्ने निर्णय भएको थियो। सो निर्णयका आधारमा अहिले २ बजे बैकर्स मन्त्री भेट्न जान लागेका हुन्।

छलफलमा बैंकलाई सामाजिक सुरक्षा कोषमा जोडिन समस्या नभएपनि कर्मचारीहरुले असहमति जनाएका बुँदामा मन्त्रीसँग छलफल गर्न लागिएको हो।

कार्यसमितिका सबै सदस्य बैठकमा सहभागी भएका थिए। बैंकर्स संघले यसअघि मन्त्रीलाई पत्र लेख्दै सामाजिक सुरक्षा कोषलाई स्वैच्छिक गर्नुपर्ने माग राखेका थिए।

त्यो मागकै पक्षमा मन्त्रीसँग कुराकानी हुने छ। कर्मचारीहरुलाई भरसक लैजान प्रोत्साहन गर्ने उनीहरुले मन्त्रीलाई जानकारी दिनेछन्। 'जसका लागि ल्याइएको हो उनीहरुको त चित्त बुझ्नु पर्‍यो नि,' सहभागी एक बैंकरले भने, 'त्यसैले स्वैच्छिक गर्न नै हाम्रो जोड हुनेछ।' कोषमा असार मसान्तभित्र आबद्ध भइसक्नुपर्ने अल्टिमेटम छ।