BIZMANDU
www.bizmandu.com

नागरिक उड्डयन प्राधिकरणमा सरकारी जागिरको अवसर, एसएलसी सरहको योग्यता भए पुग्ने 

२०७८ असार १२

नागरिक उड्डयन प्राधिकरणमा सरकारी जागिरको अवसर, एसएलसी सरहको योग्यता भए पुग्ने 
नागरिक उड्डयन प्राधिकरणमा सरकारी जागिरको अवसर, एसएलसी सरहको योग्यता भए पुग्ने 


Tata
Global Ime

काठमाडौं। नेपाल नागरिक उड्यन प्राधिकरणमा १० जनाको लागि रोजगारीको अवसर आएको छ।

प्राधिकरणले स्वीकृत दरबन्दीमा रिक्त रहेका प्राविधिक सेवा एफास समूह चौथो तहका सहायक पदहरुको लागि करारमा कर्मचारी लिन लागेको हो।

उक्त रोजगारीका लागि न्युनतम एसएलसी वा सो सरहको योग्यता भएको र १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेको (महिलाको हकमा ४० वर्ष ननाघेको) नेपाली नागरिकले असार २७ गतेभित्र निवेदन दिनुपर्ने प्राधिकरणको सूचनामा उल्लेख छ।

लिखित परीक्षा नहुने उक्त रोजगारीको लागि प्रयोगात्मक र अन्तर्वार्ताको माध्यमबाट कर्मचारी नियुक्त गरिेने छ। तर आवेदकले नागरिक उड्डयनसँग सम्बन्धित संस्थाबाट उद्धार तथा अग्नि निवारण सम्बन्धी आधारभूत तालिम लिएको हुनुपर्ने सूचनामा उल्लेख छ।

असार २९ गते त्रिभुवन विमानस्थलको फायर स्टेसनमा प्रयोगात्मक परीक्षा हुने र उत्तीर्ण उमेदवारहरुलाई असार ३० गते बिहान प्राधिकरणको प्रधान कार्यालयमा अन्तर्वार्तामा सहभागी गराइने उल्लेख छ।