BIZMANDU
www.bizmandu.com

सामाजिक सुरक्षा बारे अदालतको निर्णय सम्भवतः आज, अन्तरिम दिने/नदिने तीन जनाको हातमा

२०७८ साउन १९

सामाजिक सुरक्षा बारे अदालतको निर्णय सम्भवतः आज, अन्तरिम दिने/नदिने तीन जनाको हातमा
सामाजिक सुरक्षा बारे अदालतको निर्णय सम्भवतः आज, अन्तरिम दिने/नदिने तीन जनाको हातमा



काठमाडौं। सर्वोच्च अदालतको संयुक्त इजलासमा राय बाझिएपछि पूर्ण इजलासमा पुगेको सामाजिक सुरक्षा कोषविरुद्धको मुद्दामा लगातार तीन दिनदेखि सुनुवाइ चलिरहेको छ। 

Tata
Global Ime

न्यायाधीश अनिलकुमार सिन्हाको नेतृत्वमा रहेको कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा सुनुवाइ भइरहेको छ। सोमबार सुनुवाइ लम्बिएपछि मंगलबार दिउँसोसम्म टुङ्ग्याउने गरी आज अनौपचारिक रूपमा अन्तिम सुनुवाइ तोकिएको छ।

२२ वटा वाणिज्य बैंकहरुका कर्मचारी र युनियनहरुले हालेको मुद्दामा सुनुवाइ भएको हो। सरकारले खाइपाइ आएको तलब सुविधासमेत घट्ने गरी विभेदकारी नीति लिएको भन्दै बैंकका कर्मचारीले मुद्दा हालेका थिए।

सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा दर्ता हुनुपर्ने र योगदान रकम जम्मा गर्नुपर्ने व्यवस्था छ। श्रम ऐनको व्यवस्था अनुसार, कर्मचारीको १० सहित कुल ३१ प्रतिशत रकम जम्मा भए पनि त्यो एकमुस्ट झिक्न नपाइने भन्दै ऐनमार्फत संविधानमै भएको सम्पत्तिमाथिको अधिकार खोस्न खोजिएको कर्मचारीको आरोप छ।

उनीहरुले कोषलाई स्वैच्छिक बनाउनुपर्ने भन्दै अन्तर्राष्ट्रिय सन्धिहरुसमेत उल्लंघन हुने गरी ऐन आएकाले त्यसलाई संविधानसम्मत बनाउन माग गरेका छन्।

आज आउन सक्ने निर्णय अन्तिम भने होइन। बैंकरले मागेको विषयमा अन्तरिम आदेश दिने कि नदिने भन्ने मात्र हो। अन्तिम निर्णयपछि मात्र हुने छ।