BIZMANDU
www.bizmandu.com

जीआइडीसीमा विद्युत आपूर्ति अवरुद्ध हुँदा इजरायल जाने केयर गिभरको डाटा गायब, पुनः आवेदन माग

२०७८ साउन २३

जीआइडीसीमा विद्युत आपूर्ति अवरुद्ध हुँदा इजरायल जाने केयर गिभरको डाटा गायब, पुनः आवेदन माग
जीआइडीसीमा विद्युत आपूर्ति अवरुद्ध हुँदा इजरायल जाने केयर गिभरको डाटा गायब, पुनः आवेदन माग


काठमाडौं। यहि साउन १८ गते राष्ट्रिय सूचना प्रविधि केन्द्र अन्तर्गतको गभर्मेन्ट इन्ट्रिग्रेटेड डाटा सेन्टर (जीआइडीसी)मा विद्युत आपूर्ति अवरुद्ध हुँदा इजरायल जान आवेदन दिएका केयर गिभरको डाटा हराएको छ।

Tata
Global Ime

विद्युत आपूर्ति अवरुद्ध हुँदा विभागको अनलाइन आवेदन प्रणालीमा समस्या आएको र प्रणाली मर्मत गर्दा समेत साउन १८ गतेको डाटा रिकभर गर्न नसकिएको वैदेशिक रोजगार विभागले जनाएको छ।

साउन १८ गते आवेदन दिएका आवेदकले आफ्नो युजर आइडी (राहदानी नम्बर) र पासवर्ड प्रयोग गरि आफ्ना व्यक्तिगत विवरण पुनः रुजु गर्न विभागले आग्रह गरेको छ।

विवरण रुजु गर्दा समेत नभेटिएमा नयाँ दर्ता गर्न पनि विभागले आग्रह गरेको छ। यसरि नयाँ दर्ता गर्दा प्राप्त हुने रजिष्ट्रेशन नम्बर नै आवेदकको रजिष्ट्रेशन नम्बर कायम हुने पनि विभाग द्वारा जारी सूचनामा उल्लेख छ।

दीर्घकालीन स्याहार केन्द्रका लागि इजरायलले नेपालबाट एक हजार बढी कामदार लैजान लागेको छ। वैदेशिक रोजगार विभागले सूची तयार पार्ने र इजरायलले कामदार छनोट गर्नेछ।

न्यूनतम एक लाख ८३ हजार रुपैयाँ (५४३ डलर) तलब पाइने भएकाले इजरायल रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको छ।

१२ कक्षा उत्तीर्ण भइ केयर गिभरको तालिम लिएका वा १० कक्षा उत्तीर्ण भइ एएनएम/सीएमए जस्ता १५ महिने कोर्स पूरा गरेका व्यक्तिले रोजगारीको लागि आवेदन दिन सक्ने छन्। आवेदकको उमेर २५ वर्ष पुरा भइ ४० वर्ष ननाघेको हुनु पर्नेछ।