BIZMANDU
www.bizmandu.com

रसुवामा निर्माणाधीन जलविद्युत आयोजनाले माग्यो ४० कर्मचारी, जागिरको खोजीमा रहेकालाई अवसर

२०७८ भदौ ५

रसुवामा निर्माणाधीन जलविद्युत आयोजनाले माग्यो ४० कर्मचारी, जागिरको खोजीमा रहेकालाई अवसर
रसुवामा निर्माणाधीन जलविद्युत आयोजनाले माग्यो ४० कर्मचारी, जागिरको खोजीमा रहेकालाई अवसर


काठमाडौं। रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाले ४० जना कर्मचारी माग गरेको छ।

Tata
Global Ime

भर्खरै निर्माणमा गएको आयोजनाले साइट मेनेजरदेखि अनुवादकसम्‍म गरी विभिन्न २० वटा विधामा उक्त संख्यामा कर्मचारी माग गरेको हो।

आयोजनाले साइट मेनेजर २ जना, चीफ इन्जिनियर १ जना, स्वास्थ्य सुरक्षा मेनेजर १ जना, एकाउन्ट अफिसर १ जना, खरिद व्यवस्थापक १ जना, मानव संसाधन अफिसर १ जना, मेकानिकल इन्जिनियर ३ जना, सर्भे अफिसर २ जना, सिभिल वर्क सुपरभाइजर १ जना, अनुवादक १ जना, विभिन्न क्षेत्रका फोरमेन ११ जना र प्राविधिक १४ जना जनाका लागि आवेदन माग गरेको छ।

एक वर्षका लागि करारमा कर्मचारी मागेको आयोजनाले तलब सुविधा भने आपसी सहमतिमा दिने जनाएको छ। आवेदकमा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी न्यूनतम ५ देखि १५ वर्षसम्म काम गरेको अनुभव हुनु पर्नेछ।

विश्व बैंक ग्रुपका विभिन्न वित्तीय संस्थाको ऋण लगानीमा उक्त आयोजनाको निर्माण सुरु गरिएको हो।