BIZMANDU
www.bizmandu.com

सिटिजन्स बैंकका प्रमुख कार्यकारी पोखरेलले बुझे एक करोड ३१ लाख तलब, ६५ लाख कर तिर्दै सकियो

२०७८ कात्तिक ५


काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलले प्रमुख कार्यकारी अधिकृत गणेशकुमार पोखरेललाई एक बर्षमा कुल एक करोड ३१ लाख ९० हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराएको छ। यसमा नाफाबाट पाइने बोनस उल्लेख छैन।

Tata
Global Ime

पोखरेलले पाएको पारिश्रमिकबाट ६५ लाख ३३ हजार रुपैयाँ सरकारलाई राजस्व बुझाएको बार्षिक प्रतिवेदनमा उल्लेख छ। बैंकले कात्तिक १६ गते बार्षिक साधारणसभा डाकेको छ। सभामा प्रस्तुत गरिने बार्षिक प्रतिवेदन अनुसार, उनले तलब बापत ८४ लाख रुपैयाँ, भत्ता ३० लाख, दसंस भत्ता साढे नौं लाख र सञ्चयकोष योगदान बापत ८ लाख ४० हजार रुपैयाँ बुझेका छन्। 

अघिल्लो बर्ष पनि पोखरेलले यति नै बुझेका थिए। एक बर्षमा तलब बढेको छैन। बैंकले सभामा ३.०८ प्रतिशतका दरले हुन आउने ३८ करोड ८२ लाख रुपैयाँ नगद लाभांश र १२.९१ प्रतिशत हुन आउने एक अर्ब ६२ करोड ४० लाख रुपैयाँको बोनस सेयरको एजेण्डा लग्दैछ। 

बैंकले गत बर्ष नाफा ५०.५५ प्रतिशतले बढाएर एक अर्ब ८० करोड रुपैयाँ गरेको छ। 

बैंकले अन्य कार्यकारी तहका कर्मचारीलाई २ करोड ३० लाख रुपैयाँ तलब सुविधा उपलब्ध गराएको छ। यसमा पनि नाफाबाट पाइने बोनस जोडिएको छैन।