BIZMANDU
www.bizmandu.com

दूरसंचार प्राधिकरणले खुलायो जागिरका लागि आवेदन, विभिन्न १७ पदमा पदपूर्ति गर्दै

२०७८ मंसिर १९

दूरसंचार प्राधिकरणले खुलायो जागिरका लागि आवेदन, विभिन्न १७ पदमा पदपूर्ति गर्दै
दूरसंचार प्राधिकरणले खुलायो जागिरका लागि आवेदन, विभिन्न १७ पदमा पदपूर्ति गर्दै



काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणले विभिन्न पदका लागि पदपूर्तिको सूचना निकालेको छ। प्राधिकरणले कार्यक्षमता मूल्यांकनद्वारा ६ पदका लागि सात जना पदपूर्ति गर्न लागेको छ। 

Tata
Global Ime

वरिष्ठ निर्देशक, निर्देशक र उपनिर्देशकलाई कार्यक्षमता मूल्यांकनबाट नियुक्त गर्ने तयारी प्राधिकरणको छ। कार्यक्षमता मूल्यांकनबाट दरखास्त दिने उम्मेदवारहरुले ३० दिनभित्र आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ।

यस्तै, नौ पदमा आन्तरिक प्रतिस्पर्धा र खुला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने प्राधिकरणले जनाएको छ। 
उपनिर्देशक, सहायक निर्देशक र सहायकका पदमा प्राधिकरणले यो विधिबाट पदपूर्ति गर्ने जनाएको छ। 

प्राधिकरणले १९ गतेबाट २१ दिनभित्र दरखास्त दिन सक्ने जनाएको छ। साथै, थप सात दिन भित्र दोब्बर दस्तुर बुझाएर आवेदन दिन सकिन्छ। 

हेर्नुहोस् सूचना