BIZMANDU
www.bizmandu.com

हुवासिन सिमेन्ट र सिनो हाइड्रोमा २६ जनालाई रोजगारीको अवसर, इन्जिनियरिङ र व्यवस्थापनमा माग

२०७८ मंसिर २१

हुवासिन सिमेन्ट र सिनो हाइड्रोमा २६ जनालाई रोजगारीको अवसर, इन्जिनियरिङ र व्यवस्थापनमा माग
हुवासिन सिमेन्ट र सिनो हाइड्रोमा २६ जनालाई रोजगारीको अवसर, इन्जिनियरिङ र व्यवस्थापनमा माग


काठमाडौं। हुवासिन सिमेन्ट नारायणी र सिनो हाइड्रो सगरमाथा पावर कम्पनीमा २६ जनालाई रोजगारीको अवसर आएको छ। चिनियाँ लगानी रहेका दुवै आयोजना मध्ये हुवासिन सिमेन्टमा १४ जना र सिनो हाइड्रोमा १२ जनालाई रोजगारीको अवसर आएको हो।

Tata
Global Ime

हुवासिन इलेक्ट्रिसियन देखि मेकानिकल सम्म गरि विभिन्न ११ वटा पदमा कर्मचारी मागिएको छ। सिनो हाइड्रोमा भने प्रबन्ध निर्देशकदेखि अपरेटर सम्म गरि ९ वटा पदमा कर्मचारी मागिएको छ।

हुवासिन सिमेन्ट धादिङमा निर्माण भइ सञ्चालनको तयारीमा रहेको छ। सिनो हाइड्रोले प्रवर्द्धन गरेको ५० मेगावाट क्षमताको माथिल्लो मर्सायङ्दी ए जलविद्युत आयोजना भने लमजुङमा सञ्चालनमा छ।

दुवै कम्पनीले ७ दिन भित्र आवेदन दिन आग्रह गरेका छन्।