BIZMANDU
www.bizmandu.com

गण्डकी प्रदेश सरकारले माग्यो २९३ जना स्वास्थ्यकर्मी, लिखित परीक्षा नहुने, अन्तर्वार्ता हुने

२०७८ मंसिर २२

काठमाडौं। गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २९३ जना स्वास्थ्यकर्मीका लागि विज्ञापन खुलाएको छ।

Tata
Global Ime

कोभिड अस्पतालमा रहेको अस्थाई दरबन्दीमा करारमा कर्मचारी भर्न गर्न विज्ञापन खुलाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रदेश सरकारले एमबीबीएस स्टाफ नर्स मात्रै १२८ जना माग गरेको छ। त्यस्तै मेडिकल असिस्टेन्ट ३५ जना, एमबीबीएस डाक्टर २७ जना र अनमी २१ जना माग गरेको छ।

ल्याव टेक्नेसियन १७ जना, अहेब १६ जना, ल्याव टेक्नोलोजिस्ट १३ जना, मेडिकल रेकर्डर र फार्मेसी सहायक समान ११/११ जना माग गरेको छ।
जिल्लागत रुपमा सबैभन्दा धेरै पोखराका लागि ९३ जना, गोरखामा २६ र नवलपरासीमा २४ जना कर्मचारी माग गरेको छ।

इच्छुक उमेदवारले मंसिर २८ गतेसम्ममा आवेदन दिइसक्नु पर्ने छ। लिखित परीक्षा नहुने यो विज्ञापनमा अन्तर्वार्ताको मिति भने पछि तोकिने छ।