BIZMANDU
www.bizmandu.com

नेपाल राष्ट्र बैंकमा ८३ जना कर्मचारी माग, प्लसटुले पनि आवेदन दिन सक्ने, कुन पदमा कति जना?

२०७८ मंसिर २४

नेपाल राष्ट्र बैंकमा ८३ जना कर्मचारी माग, प्लसटुले पनि आवेदन दिन सक्ने, कुन पदमा कति जना?
नेपाल राष्ट्र बैंकमा ८३ जना कर्मचारी माग, प्लसटुले पनि आवेदन दिन सक्ने, कुन पदमा कति जना?


काठमाडौं। नेपाल राष्ट्र बैंकले ८३ जना कर्मचारी माग गरेको छ। राष्ट्र बैंकले सहायक तहदेखि अधिकृतस्तरसम्मका कर्मचारी माग गरेको छ।

Tata
Global Ime

केन्द्रीय बैंकले सहायक निर्देशक अर्थात अधिकृत तृतीय तहमा ४५ जना कर्मचारी माग गरेको छ। यसमध्ये २४ जना खुला, ७ जना महिला, ६ जना आदिबासीजनजाति, ४ मधेसी, २ दलित, २ अपाङ कर्मचारी माग गरेको हो।

सहायक निर्देशक अधिकृत तृतीय लेखाका लागि ६ जना माग गरेको छ। बाणिज्य कानुनमा सहायक निर्देशक २ जना माग गरेको छ। 

सहायक निर्देशक सूचना प्रविधिमा ५ जना माग गरेको छ। सहायक तह प्रशासनमा २५ जना माग गरेको छ।

निर्देशक तहका लागि स्नातकोत्तर अनिवार्य छ। प्रशाषन, प्रविधिका लागि बिषयगत अध्ययन माग गरिएको छ। जस्तो अर्थशास्त्र, ब्यवस्थापन, जनप्रशासन, कानुन पढेको हुनु पर्छ। सहायक कर्मचारीलाई प्स टु उत्तिर्ण माग गरिएको छ।