BIZMANDU
www.bizmandu.com

एभरेष्ट बैंकले मुख्य व्यवस्थापनको तलब खर्च घटायो, ४ करोड ११ लाखबाट ३ करोड ७० लाखमा आयो

२०७८ मंसिर २६

काठमाडौं। एभरेष्ट बैंकले मुख्य व्यवस्थापकहरुलाई दिने तलब घटाएको छ। बैंकले पोहोर ४ करोड ११ लाख रुपैयाँ तलब सुविधा दिएकोमा यसपाली ३ करोड ७० लाख रुपैयाँ मात्र दिएको छ।

Tata
Global Ime

मुख्य व्यवस्थापकका रूपमा प्रमुख कार्यकारीको भूमिकामा बसेर काम गरेका डा. सुधीर कुमार (कार्यवाहक भएर), गजेन्द्रकुमार नेगी, नायब महाप्रबन्धक गौरव कुमार र गिरिश कोहलीका साथै सहायक महाप्रबन्धक केशव पौडेल र आशुतोष शर्माले यो पारिश्रमिक बुझेका हुन्।

बैंकले पुस १ गते वार्षिक साधारणसभा डाकेको छ। सभाले चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगद  लाभांश दिने प्रस्ताव पारित गर्ने छ। चुक्ता पुँजी ८ अर्ब ८९ करोड रुपैयाँबाट बढेर ९ अर्ब ४२ करोड रुपैयाँ पुग्ने छ।

बैंकले आफ्ना कर्मचारीलाई ६४ करोड २२ लाख रुपैयाँ तलब  दिएको छ। अलाउन्स सुविधा २८ करोड ३० लाख रुपैयाँ दिने छ। अन्य सुविधासमेत गरेर कुल एक अर्ब ३२ करोड ७९ लाख रुपैयाँ दिएको छ। नाफाबाट बोनस २८ करोड ३१ लाख रुपैयाँ दिएको छ।