BIZMANDU
www.bizmandu.com

एनएमबि बैंकका प्रमुख कार्यकारीको तलब भत्ता एक करोड ७४ लाख, यस्तो छ एजिएमको एजेण्डा

२०७८ पुष ५

काठमाडौं। एनएमबि बैंकले प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई गत आर्थिक बर्ष तलब सुविधा बापत एक करोड ७४ लाख रुपैयाँ भुक्तानी गरेको छ।

Tata
Global Ime

उनले पाएको यो तलब सुविधामा नाफाबाट पाइने बोनस जोडिएको छैन। अघिल्लो आर्थिक वर्ष एक करोड ७५ लाख २८ हजार रुपैयाँ तलब भत्ताबापत पाएका थिए। त्यसअघिको बर्ष एक करोड ६६ लाख रुपैयाँ भुक्तानी गरेको थियो। 

बैंक पुस २२ गते बार्षिक साधारणसभा डाकेको छ। सभामा प्रस्तुत गर्न लागिएको बार्षिक प्रतिवेदन अनुसार, केसीले तलबबापत ६९ लाख ३६ हजार रुपैयाँ, सञ्चय कोष बापत ६ लाख ९३ हजार, भत्ता ६६ लाख ९४ हजार, बोनस तथा बेल्फेयर २९ लाख ८५ हजार, अन्य एक लाख रुपैयाँ बुझेका छन्। 

सभामा बैंकले गत बर्षको नाफाबाट चुक्ता पुँजीको ३.३ प्रतिशत नगद लाभांश र १२.५ प्रतिशत बोनस सेयर दिने एजेण्डा लैजाँदैछ।