BIZMANDU
www.bizmandu.com

सरकारले पुन: थाल्यो धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृया, पुरानो सबै प्रकृया खारेज

२०७८ पुष १५

काठमाडौं। सररकाले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृया पुन: अगाडि बढाएको छ। भीष्मराज ढुङ्गानालाई बर्खास्त गरेपछि सरकारले नयाँ अध्यक्ष नियुक्तिको प्रकृया गत कात्तिक ११ गते सुरु गरेको थियो।

Tata
Global Ime

दर्जनजतिले आवेदन दिएका थिए। ती सबै प्रकृयालाई खारेज गरेर अर्थमन्त्रालयले पुन: बिहीबार नियुक्ति प्रकृया अगाडि बढाएको हो।

ढुङ्गानाले पदमा रहेका बेला छोरी र परिवारका नाममा आँफैले स्वीकृति दिने कम्पनीको सेयर खरीद गरेको पुष्टी भएपछि बर्खास्त गरिएको थियो। न्यायिक छानबिनले ढुङ्गानाले पदको दूरुपयोग गरेको खुलेको थियो।

सरकारले अध्यक्षका लागि आगामी १५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ। अध्यक्ष हुनका लागि धितोपत्र बजार ब्यवस्थापन, पुँजी बजार विकास, आर्थिक वित्तीय, बाणिज्य, ब्यवस्थापन वा कानुननमा कम्तिमा सात बर्षको पेशागत अनुभव अनिवार्य छ। उमेर ३० बर्ष पुराभइ ६० बर्ष ननाघेको हुनु पर्ने छ।

अहिले अध्यक्षका लागि माओबादी, कांग्रेसकाहरु अग्रसर देखिएका छन्।