काठमाडौं। साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृतलाई ९७ लाख ७३ हजार रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ।
बैंकले यो रकम तलब, भत्ता, दसैं भत्ता, बोनस, सञ्चय कोष तथा बिदा बापत गरेर यो तलब सुविधा दिएको हो। बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश पौडेल छन्।
बैंकले कुल कर्मचारी खर्च ४३ करोड ४ लाख र कुल सञ्चालन खर्च २५ करोड २३ लाख रुपैयाँ गरेको छ।
बैंकले मंसिर २९ मा साधारणसभा सकिसकेको छ। बैंकको सभाले १०.९३ प्रतिशत बोनस सेययर र कर प्रयोजनका लागि ०.५७ प्रतिशत नगद लाभांश पारित गरिसकेको छ।