काठमाडौं। सिद्धार्थ बैंकले गत आर्थिक वर्ष प्रमुख कार्यकारी अधिकृतलाई २ करोड ११ लाख १९ हजार ८३० रुपैयाँ भुक्तानी गरेको छ।
अहिले बैंकको प्रमुख कार्यकारी अधिकृत सुन्दर कँडेल छन्। यो पारिश्रमिक भने उनले पाएको होइन। गत आर्थिक वर्ष प्रमुख कार्यकारी अधिकृतमा शम्भुनाथ गौतम थिए।
बैंकले सञ्चालकहरुले बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा अन्य भत्ता र खर्च भुक्तानी बापत ४८ लाख ८८ हजार रुपैयाँ खर्च गरेको छ।
बैंकले पुस ३० गते वार्षिक साधारणसभा डाकेको छ। सभामा प्रस्तुत गर्न लागिएको वार्षिक प्रतिवेदनमा प्रमुख कार्यकारीमाथि गरिएको खर्च उल्लेख छ।
बैंकले १४.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गराउँछ। साथै ०.७५ प्रतिशत नगद लाभांशको प्रस्ताव पनि पारित गराउँदैछ।
बैकको चुक्ता पुँजी १० अर्ब ९६ करोड रुपैयाँ छ। बोनस सेयर वितरणपछि चुक्ता पुँजी एक अर्ब ५६ करोड रुपैयाँले बढ्ने छ।