BIZMANDU
www.bizmandu.com

सरकार र राष्ट्र बैंकको लगानी भएको ग्रामीण विकास लघुवित्तले प्रमुख कार्यकारी अधिकृत खोज्यो

२०७८ पुष २३

काठमाडौ। सरकार र सर्वसाधारण लगानीकर्ताको ३०/३० प्रतिशत सेयर रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया अगाडि बढाएको छ।

Tata
Global Ime

संस्थाले आगामी २१ दिनको समय दिएर इच्छुक उम्मेदवारले आवेदन दिन भनेको छ। कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन ४० पुरा भएको र ६० ननाघेको व्यक्ति हुनु पर्ने छ।

आवेदकले बैकिङ, व्यवस्थापन, वित्तीय, मौद्रिक, अर्थशास्त्रलगायतका विषयमा स्नातकोत्तर गरेको हुनुपर्छ। बैंक तथा वित्तीय संस्थाको ब्यवस्थापकीय तह वा अधिकृत द्वितीय श्रेणीमा कम्तिमा १० बर्ष काम गरेको अनुभव हुनु पर्ने छ।

कम्पनीमा सरकार र सर्वसाधारणको बाहेक नेपाल राष्ट्र बैंक, ११ वटा वाणिज्य बैंक, पिपुल्स इन्भेष्टमेन्ट कम्पनी, एचपी अग्रवाल एण्ड कम्पनी, बन्दीपुरका बहुउद्देश्यीय सहकारी संस्था, कर्मचारी र अन्य व्यक्ति तथा संस्थाको सेयर छ।