BIZMANDU
www.bizmandu.com

सुरेन्द्र पौडेल बाहिरिएपछि आयल निगमको कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अगाडि बढ्यो

२०७८ पुष २५

सुरेन्द्र पौडेल बाहिरिएपछि आयल निगमको कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अगाडि बढ्यो
सुरेन्द्र पौडेल बाहिरिएपछि आयल निगमको कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अगाडि बढ्यो


काठमाडौं। नेपाल आयल निगमबाट तीन वर्षे कार्यकाल पुरा गरेर सुरेन्द्र पौडेल बाहिरिएपछि सरकारले नयाँ कार्यकारी निर्देशक नियुक्तिको प्रकृया अगाडि बढाएको छ।

Tata
Global Ime

निगमको कार्यकारी निर्देशकका लागि गठित छनोट तथा सिफारिस समितिले आइतबार एक सार्वजनिक सूचनामार्फत नयाँ प्रमुखको नियुक्ति प्रक्रिया अगाडि बढाएको हो।

इच्छुकले २१ दिनभित्र आवेदन दिनु पर्ने छ। निगमको कार्य प्रकृतिसँग सम्बन्धित बिषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुनमा कम्तिमा स्नातकोत्तर गरेको हुनु पर्ने छ। कुनै संस्थाको व्यवस्थापकीय जिम्मेवारीमा कम्तिमा ५ वर्ष काम गरेको अनुभव हुनु पर्ने छ।

३५ वर्ष पुरा भएर ६५ ननाघेको व्यक्तिले आवेदन दिन सक्ने छन्। छनोट सूचीमा परेका उम्मेदवारले आफूले पेश गरेको व्यवसायिक कार्ययोजना तोकिएको मिति र समयमा प्रस्तुतिकरण गर्नु पर्ने छ।