BIZMANDU
www.bizmandu.com

सेञ्चुरी बैंकले प्रमुख कार्यकारीलाई भुक्तानी गर्‍यो एक करोड ५७ लाख पारिश्रमिक, लाभांश ६.०५%

२०७८ पुष २५

सेञ्चुरी बैंकले प्रमुख कार्यकारीलाई भुक्तानी गर्‍यो एक करोड ५७ लाख पारिश्रमिक, लाभांश ६.०५%
सेञ्चुरी बैंकले प्रमुख कार्यकारीलाई भुक्तानी गर्‍यो एक करोड ५७ लाख पारिश्रमिक, लाभांश ६.०५%


काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले प्रमुख कार्यकारी अधिकृतलाई एक वर्षमा एक करोड ५७ लाख १८ हजार ५०० रुपैयाँ तलब सुविधा भुक्तानी गरेको छ। यो सुविधा प्रमुख कार्यकारीका रुपमा तुलसीप्रसाद गौतमले बुझेका हुन्। उनी गत असार २० गते राजीनामा गरेर बाहिरिएका छन्।

Tata
Global Ime

बैंकले आगामी ३० गते वार्षिक साधारणसभा डाकेको छ। सभामा प्रस्तुत गर्न लागिएको वार्षिक प्रतिवेदन अनुसार, गौतमले तलब भत्ता एक करोड २६ लाख, दसैं भत्ता १० लाख ५० हजार, सञ्चय कोष सुविधा ७ लाख ५६ हजार र अन्य भत्ता भनेर १३ लाख १२ हजार ५ सय रुपैयाँ बुझेका छन्।

बैंकले उच्च तहका व्यवस्थापकहरुलाई एक वर्षमा १५ करोड १७ लाख ५८ हजार रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ। यसमा तलब बापत ११ करोड १३ लाख, दसैं भत्ता ९१ लाख ३२ हजार, सञ्चय कोष ७५ लाख ६७ हजार, अन्य भत्ता २ करोड ३६ लाख रुपैयाँ छ।

बैंकले कुल व्यवस्थापन खर्च एक अर्ब ५१ करोड रुपैयाँ गरेको छ। यसमध्ये ८४ करोड ६८ लाख रुपैयाँ कर्मचारी खर्च छ। यसमा नाफाबाट बाँडिने बोनस जोडिएको छैन।

बैंकले गत वर्षको नाफाबाट ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारणसभामा लैजाँदैछ। सभाले ५३.४१ प्रतिशत रहेको संस्थापक सेयरधनीको संरचनालाई ५१ प्रतिशतमा झार्ने निर्णण पनि अनुमोदन गर्ने छ।