BIZMANDU
www.bizmandu.com

कर्णाली प्रदेशले एकैपटक माग्यो ४४५ कर्मचारी, माघ २४ सम्म आवेदन दिन सकिने चैतमा परीक्षा

२०७८ पुष २७

कर्णाली प्रदेशले एकैपटक माग्यो ४४५ कर्मचारी, माघ २४ सम्म आवेदन दिन सकिने चैतमा परीक्षा
कर्णाली प्रदेशले एकैपटक माग्यो ४४५ कर्मचारी, माघ २४ सम्म आवेदन दिन सकिने चैतमा परीक्षा


काठमाडौं। प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। आयोगले अप्राविधिक/प्राविधिकतर्फ ४ सय ४५ जना कर्मचारी माग गरेको हो।

Tata
Global Ime

आयोगले अप्राविधिकतर्फ ९२ जना माग गरेको छ। जसमा सहायक प्रशासनमा ४० जना,प्रशासन लेखामा २७ जना, सहायक र लेखा सहायकमा २४ जना माग गरेको छ।

यसैगरी प्रविधिकतर्फ सबैभन्दा धेरै ३ सय ५३ जना कर्मचारी माग गरेको छ। जसमा विभिन्न तहमा इन्जिनियर, कृषि, वन, स्वास्थ्य क्षेत्रमा प्रविधिक जनशक्ति माग गरेको छ। सर्वाधिक माग गरिएकाहरुमा स्वास्थ्य क्षेत्रका छन्।

योग्यता पुग्ने र जागिर खान इच्छुकले प्रदेश लोक सेवा आयोगको वेबसाइटमा प्रक्रिया पुरा गरी आवेदन दिन सक्नेछन्। आवेदन माघ १७ गतेसम्म दिन सकिन्छ। त्यसपछि माघ २४ गतेसम्म दोब्बर शुल्क तिरेर दिन सकिनेछ। यस्तै दरखास्त दिने व्यक्ति १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ।

महिला तथा अपांगता भएकाको हकमा भने ४० वर्ष उमेरसम्मकाले आवेदन दिन सक्नेछ। आयोगले सबै समूहको परीक्षा चैत ५ देखि चैत २६ गतेसम्म गर्ने तयारी छ।