BIZMANDU
www.bizmandu.com

सरकारको जोरबिजोर नीति: सार्वजनिक यातायातमा यात्रुको हालत! कोरोना रोक्छ कि फैलाउँछ?


काठमाडौं। सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न भन्दै सवारीमा जोर बिजोर प्रणाली लागू गरेको छ। सँगै बहस छेडिएको छ – सडकमा यातायात खुकुलो बनाउँदा संक्रमणको रफ्तार रोकिन्छ त? 

Tata
Global Ime

माथिको तस्बिर सडकमा सार्वजनिक सवारी कम गुड्दा के हुन्छ भन्ने जवाफ दिएको छ। बसमा मानिसहरु कोचिएका छन् – जबरजस्ती। सिट संख्या र संक्रमणका बिचमा यातायात सञ्चालनको मापदण्डको धज्जी उडेको छ – दृश्यले त्यही बोल्छ।

आज बिजोर गाडीको पालो। त्यसैले सडकमा जोर गाडी खासै देखिएको छैन। फाट्टफुट्ट जोर नम्बरका सबारी नचलेको होइन। ट्राफिक प्रहरीको चेकिङ पनि खासै धेरै ठाउँमा छैन। जहाँ छ त्यहाँ पनि आँखा छलेर सवारी कुदाउनेहरु देखिन्छन्। 

जोर बिजोरका कारण सार्वजनिक यातायातमा निर्भर हुने यात्रुहरु भने अलपत्र देखिन्छन्। त्यसैले सीमित बसमा कोचिएरै भए पनि यात्रा गर्नु उनीहरुको बाध्यता बनेको छ। यसले संक्रमण नियन्त्रण त परै जावस् बिस्तारमा भने 'योगदान' दिने छ।

शहरका सीमित चोकमा ट्राफिक प्रहरीले चेक गरेको देखिन्छ। त्यस्ता ठाउँमा मोटरसाइकल, कार र केही सार्वजनिक यातायातका साधनलाई कारवाही समेत गरेको छ।