BIZMANDU
www.bizmandu.com

विद्यार्थीको सिकाइलाई सहज बनाउन ‘मिदास इक्लास’ नयाँ रूपमा

२०७८ माघ १०

विद्यार्थीको सिकाइलाई सहज बनाउन ‘मिदास इक्लास’ नयाँ रूपमा
विद्यार्थीको सिकाइलाई सहज बनाउन ‘मिदास इक्लास’ नयाँ रूपमा


काठमाडौ। बिसौँ वर्षको आफ्नो अनुभव र ज्ञानलाई समेटेर सीडीबाट सुरू भएको आफ्नो यात्रामा मिदास एजुकेसन प्रालिले परिमार्जित रूपको ‘मिदास इक्लास’ मोबाइल अनि वेब एप संचालनमा ल्याएको छ। 

Tata
Global Ime

यसले विद्यार्थीहरूको सिकाइलाई सहज बनाउनुका साथै शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी तुल्याउने विश्वास कम्पनीले लिएको छ।

नर्सरीदेखि ११ कक्षासम्मका विद्यार्थीहरूलाई स्वाध्यान गर्न र बुझेर पढ्न प्रेरित गर्न ‘मिदास इक्लास’ पाठ्यक्रममा आधारित पाठहरूको एनिमेटेड भिडियो, पावर पोईन्ट प्रिजिन्टेसन, क्वीज तथा गेम र नोट परिमार्जित रूपमा उपलब्ध गराइएको छ। 

विद्यार्थीहरुले मिदास इक्लासमा भएका भिडियोहरु आफूलाई मनलागेको बेला मुभि हेरेजस्तै  रमाइरमाइ हेर्दै गाह्रोभन्दा गाह्रा पाठहरु सजिलोसँग बुझ्न सक्छन्। 

यसमा भएका क्वीज तथा गेमहरू विद्यार्थीहरुले भिडियो गेम खेले जसरी खेल्दै आफ्नो पाठ  सिक्न सक्ने विज्ञप्तिमा जनाएको छ। यसरी गेम खेल्दा सहि जवाफ दिए बापत पोईन्ट र उपहारहरू पनि पाउँछन्, जसले विद्यार्थीहरुहरूलाई स्वाध्यान गर्न र बुझेर पढ्न प्रेरित गर्छ।

विद्यार्थीहरुले पढ्दा केही जानेनन् भने वा होमेवोर्क गर्दा उत्तर लेख्न आएन भने वा उनीहरूको केही जिज्ञासा भएमा, उनिहरुले जतिबेला पनि मिडस् एक्लस्स्बाट शिक्षकहरूसँग भिडियोमा कुरा वा च्याट गर्दै सिक्न पाउँछन्। 

विद्यार्थीहरुलाई सिकाउन देशभरका सयौँ दक्ष शिक्षकहरू हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ९ बजेसम्म भिडियोमा उपलब्ध हुनुहुन्छ। यसरी शिक्षकहरू हरेक पल साथमा हुँदा विद्यार्थीहरूलाई पढेको नबुझिएला, होमोवर्क गर्न नजानिएला वा परीक्षाको तयारी कसरी गर्ने होला भन्ने डर हुँदैन।