BIZMANDU
www.bizmandu.com

औद्योगिक क्षेत्र व्यवस्थापनले अध्यक्ष माग्यो, ७ दिनभित्र यो शैक्षिक योग्यता भएकाले दिन पाउने

२०७८ माघ २६

औद्योगिक क्षेत्र व्यवस्थापनले अध्यक्ष माग्यो, ७ दिनभित्र यो शैक्षिक योग्यता भएकाले दिन पाउने
औद्योगिक क्षेत्र व्यवस्थापनले अध्यक्ष माग्यो, ७ दिनभित्र यो शैक्षिक योग्यता भएकाले दिन पाउने


काठमाडौं। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्ष पदको लागि आवेदन खुला भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूचना जारी गर्दै आवेदन माग गरेको हो।

Tata
Global Ime

मन्त्रालयले ७ दिनभित्र निवेदन माग गरेको हो। कम्पनीले देशभर रहेका औद्योगिक क्षेत्रहरुको नियमन तथा विकास गर्छ। अध्यक्ष बन्नका लागी नेपाली नागरिक हुनुपर्नेछ।

यस्तै मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको हुनु पर्नेछ। यस्तै ३५ वर्ष पुरा भै ६५ वर्ष ननाघेको नभएको हुनुपर्नेछ।

निवेदन सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धि निर्देशिका २०७८ को अनुसुची २ बमोजिम दिनुपर्नेछ।