BIZMANDU
www.bizmandu.com

यती ब्रुअरीले सार्वजनिक गर्‍यो यती ब्लण्ड प्रिमियम क्राफ्ट बियर, ३३० एमएलको बोटल १८० मै पाइने

२०७८ फागुन ३

यती ब्रुअरीले सार्वजनिक गर्‍यो यती ब्लण्ड प्रिमियम क्राफ्ट बियर, ३३० एमएलको बोटल १८० मै पाइने
यती ब्रुअरीले सार्वजनिक गर्‍यो यती ब्लण्ड प्रिमियम क्राफ्ट बियर, ३३० एमएलको बोटल १८० मै पाइने


काठमाडौं। यती ब्रुअरीले  नयाँ बियर यती ब्लण्ड सार्वजनिक गरेको छ। स्पिरिट अफ द माउन्टेन्स' स्लोगनसहित प्रिमियम क्राफ्ट बियर उत्पादन गरेको कम्पनीले जनाएको छ।

Tata
Global Ime

यती ब्लण्ड बियरले हिमाली आभास झल्काउने र क्राफ्ट बियर उद्योगमा नौलो फड्को ल्याउने कम्पनीले दावी गरेको छ।कम्पनीका अनुसार यो क्राफ्ट बियर उत्कृष्ट हप्स, माल्टेड जौ, यिस्ट र प्राकृतिक हिमाली पानीबाट तयार परिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यति ब्लण्ड प्रिमियम क्राफ्ट बियरमा अल्कोहलको मात्रा ५.२% रहेको छ।

पुल-अफ क्यापसहितको बियर  ३३० मि. लि. र ६५० मि. लि. को बोतलमा उपलब्ध छन् जसको मूल्य क्रमश १८० र  ३५० रुपैयाँ राखिएको कम्पनीले जनाएको छ।