BIZMANDU
www.bizmandu.com

आइएमई पेबाट ग्रोसरी स्टोरमा भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट, यी स्टोरमा किनमेल गरे पाइन्छ

२०७८ फागुन ६

आइएमई पेबाट ग्रोसरी स्टोरमा भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट, यी स्टोरमा किनमेल गरे पाइन्छ
आइएमई पेबाट ग्रोसरी स्टोरमा भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट, यी स्टोरमा किनमेल गरे पाइन्छ



काठमाडौं। आइएमई पेले ठूला ग्रोसरी स्टोरहरुमा भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १०० रुपैयाँ) छुट दिने अफर ल्याएको छ। आइएमई पेले भाटभटेनी सुपरमार्केट, बिगमार्ट, सेल्सबेरी, माई मार्ट, डेली ग्रोसरी र केके सुपर मार्टमा अफर उपलब्ध रहेको जनाएको छ। 

Tata
Global Ime

कम्पनीले छुटको अफर निश्चित समयलाई उपलब्ध रहेकाले विद्युतीय भुक्तानी प्रयोग गर्न प्रयोगकर्ताहरुलाई आग्रह गरेको छ। 

१५ लाखभन्दा बढी प्रयोगकर्ताहरुले आइएमई पे प्रयोग गरिरहेको कम्पनीले जनाएको छ।  

झण्डै ३५ हजार एजेन्ट आउटलेट सञ्जाल भएको आइएमई पे आइएमई समूहअन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो।