BIZMANDU
www.bizmandu.com

विराटनगरमा ट्रेड एक्स्पो आयोजना हुँदै, १८ गतेबाट ९ दिनसम्म चल्ने, यस्ता छन् विशेषता

२०७८ फागुन २५

विराटनगरमा ट्रेड एक्स्पो आयोजना हुँदै, १८ गतेबाट ९ दिनसम्म चल्ने, यस्ता छन् विशेषता
विराटनगरमा ट्रेड एक्स्पो आयोजना हुँदै, १८ गतेबाट ९ दिनसम्म चल्ने, यस्ता छन् विशेषता


विराटनगर। मोरङ व्यापार संघले विराटनगरमा ‘ट्रेड एक्स्पो’ को आयोजना गर्ने भएको छ। संघले आगामी चैत १८ देखि २६ गतेसम्म ९ दिनसम्म औद्योगिक उत्पादन प्रदर्शनी तथा व्यापार मेला सञ्चालन गर्ने भएको हो।

Tata
Global Ime

एक्स्पो आयोजक समितिका संयोजक एवम् संघका उपाध्यक्ष विकासकुमार बेगवानीले एक्स्पोमा ८० वटा वातानुकुलित, ६० वटा कुलरसहितका र १०६ वटा सामान्य स्टल रहने बताए।

वातानुकूलित स्टलका लागि ६० हजार, कुलर स्टलका लागि ४० र सामान्य स्टलका लागि ३० हजार शुल्क तोकिएको छ।

त्यस्तै अटोमोबाइलका १० स्टल रहनेछन्। अटो स्टलका लागि ७० हजार शुल्क निर्धारण गरिएको छ। फुडकोर्टका लागि १० स्टल छन्। यसका लागि ६० हजार तोकिएको छ।

संयोजक बेगवानीका अनुसार एक्स्पोमा स्वदेशी तथा विदेशी विद्यमान उत्पादन र सेवाको प्रदर्शन तथा व्यापार गर्ने लक्ष्य राखिएको छ। त्यस्तै एक्स्पोमा उत्पादक र उपभोक्तालाई एकै ठाउँमा ल्याएर यसलाई व्यापार र लगानीका सम्भावना खोज्ने थलोका रूपमा स्थापित गर्ने लक्ष्य छ। 

एक्स्पोले उत्पादक तथा वितरकलाई आफ्ना उत्पादन र सेवाको प्रदर्शनी एवम् देश र विदेशमा आफ्नो बजार विस्तार र विविधिकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको बेगवानीले बताए।

एक्स्पोमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारबाट सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम गरिनेछ। त्यस्तै जिप लाइन, रिभर्स बन्जी र जिप साइक्लिङ लगायतका साहसिक खेलकुदको व्यवस्था पनि हुनेछ।

एक्स्पोको आयोजनाका लागि ३ करोड खर्च र एक्स्पोमा ४५ करोडको कारोबार हुने अनुमान गरिएको छ। एक्स्पोको प्रवेश शुल्क १ सय रुपैयाँ तोकिएको छ।

बेगवानीले एक्स्पोको मुख्य प्रायोजक एसियन थाई फुड्सको रमपम तयारी चाउचाउ, डाइमन्ड प्रायोजक सेन्चुरी मसला तथा गोल्ड प्रायोजकमा रिजालको ब्रान्डका पाइप र बाबा प्रशोधित तेल रहेको जानकारी  दिए।