BIZMANDU
www.bizmandu.com

नेपाल स्टक एक्सचेञ्जमा जागिरको अवसर, अधिकृतदेखि प्रबन्धकसम्म माग, २१ दिनभित्र आवेदन दिनुपर्ने

२०७८ फागुन २७

नेपाल स्टक एक्सचेञ्जमा जागिरको अवसर, अधिकृतदेखि प्रबन्धकसम्म माग, २१ दिनभित्र आवेदन दिनुपर्ने
नेपाल स्टक एक्सचेञ्जमा जागिरको अवसर, अधिकृतदेखि प्रबन्धकसम्म माग, २१ दिनभित्र आवेदन दिनुपर्ने


काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ६ जना कर्मचारी माग गरेको छ। खुला प्रतिस्पर्धाबाट नेप्सेले अधिकृतदेखि प्रबन्धकसम्म लागि जागिर खुलाएको हो।

Tata
Global Ime

नेप्सेले १० तहको प्रबन्धकमा एक, ८ तहको सहायक प्रबन्धकमा एक जना माग गरेको छ। प्रत्येक पदका लागि एक जना माग गरिएको छ। 

सात तहको वरिष्ठ अधिकृत, ६ तहको अधिकृत माग गरेको छ। ६ तहको अधिकृतमा ३ जना माग गरिएको छ। यसमा खुला, मधेसी र अपांग कोटा तोकिएको छ।

२१ देखि ३५ वर्ष पुगेकाहरुले आवेदन दिन सक्छन्। महिलाको हकमा ४० बर्षसम्म उमेर हद छ। नेप्सेले प्राविधिक तहका लागि कर्मचारी माग गरेको हो। 

जागिरका लागि आवेदन २१ दिनभित्र दिनुपर्ने छ। यसको सूचना शुक्रबारको गोरखापत्रमा प्रकाशित छ।