BIZMANDU
www.bizmandu.com

प्रवर्द्धन केन्द्र, पारिश्रमिक निर्धारण र गोरखापत्रको प्रमुख नियुक्ति प्रक्रिया अघि बढ्यो

२०७८ फागुन २७

प्रवर्द्धन केन्द्र, पारिश्रमिक निर्धारण र गोरखापत्रको प्रमुख नियुक्ति प्रक्रिया अघि बढ्यो
प्रवर्द्धन केन्द्र, पारिश्रमिक निर्धारण र गोरखापत्रको प्रमुख नियुक्ति प्रक्रिया अघि बढ्यो


काठमाडौं। सरकारले व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, न्यूनतम पारिश्रमिक निर्धारण समिति र गोरखापत्र संस्थानको प्रमुख नियुक्ति प्रक्रिया अगाडि बढाएको छ।

Tata
Global Ime

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशक पदका लागि २१ दिनभित्र आवेदन दिनुपर्ने हुन्छ। कम्तिमा स्नातकोत्तर उत्तीर्ण गरेको र १० वर्ष अनुभव भएकाले आवेदन दिन सक्छन्।

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि आवेदन खुलाइएको छ। यसका लागि कुनै पनि विषयमा स्नातक उत्तीर्ण हुनुपर्छ भने ३० देखि ६५ बीचको उमेर हुनेले आवेदन दिन सक्छन्।

गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि पनि आवेदन खुलाइएको छ। जुनसुकै विषयमा स्नातक उत्तीर्णले आवेदन दिन सक्छन्।