BIZMANDU
www.bizmandu.com

इसेवा र केयुकेएलबीच महसुल भुक्तानी सम्झौता, अब खानेपानीको बिल लाइन नबसी सिधै इसेवाबाट

२०७८ फागुन ३०

इसेवा र केयुकेएलबीच महसुल भुक्तानी सम्झौता, अब खानेपानीको बिल लाइन नबसी सिधै इसेवाबाट
इसेवा र केयुकेएलबीच महसुल भुक्तानी सम्झौता, अब खानेपानीको बिल लाइन नबसी सिधै इसेवाबाट


काठमाडौं। उपत्यकामा खानेपानी महसुल इसेवाबाट भुक्तानी गर्न मिल्ने भएको छ। यसका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) र इसेवाले सम्झौता गरेका छन्। सम्झौतामा इसेवाका प्रमुख कार्यकारी अधिकृत सु्भास सापकोटा र केयुकेएलका कायममुकायम उपकार्यकारी अधिकृत विजय तिमिल्सिनाले हस्ताक्षर गरेका छन्।

Tata
Global Ime

यो सँगै इसेवामार्फत केयुकेएलका थिमी, भक्तपुर, त्रिपुरेश्वर, क्षेत्रपाटी, कीर्तिपुर, बानेश्वर, महांकालचौर, ललितपुर, महाराजगञ्ज शाखाका ग्राहकले इसेवाबाटै महसुल भुक्तानी गर्न सक्ने इसेवाले जनाएको छ। यसले आम खानेपानी ग्राहकहरुको ठूलो हिस्सालाई सहज बनाउने अपेक्षा गरिएको छ। 

हाल देशभर रहेका सयौं खानेपानी समितिहरुको खानेपानी महसुल समेत इसेवाबाट भुक्तानी गर्न मिल्ने कम्पनीले जनाएको छ। इसेवा प्रयोगकर्ताहरुले अनलाइनबाट सिधै शुल्क भुक्तानी गर्न सक्ने छन् भने इसेवा एकाउन्ट नभएका ग्राहकहरुले आफ्नो नजिकै रहेका जोन तथा पोइन्टमार्फत रकम भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ५० लाख पुगेको छ। यसैगरी अप्रत्यक्ष रूपमा करिब १ करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेको कम्पनीले जनाएको छ। हाल इसेवाका देशभर करिब १ लाख ३० हजार भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको बताइएको छ।