काठमाडौं। प्रि स्कुल चेन किडजीले दुई नयाँ सेवाहरु सञ्चालनमा ल्याएको छ। नेपालका चार शहरहरुमा दुई हजारभन्दा बढी केन्द्रहरु रहेको किडजी प्रि-स्कुल हो। भारतमा किडजीका शाखाहरु सात सय ५० भन्दा बढी रहेको कम्पनीले जनाएको छ।
लर्न विथ किडजी, घरमै बसेर बच्चाहरुलाई सिकाउन चाहने अभिभावकहरुलाई बनाइएको किट भएको किडजीले जनाएको छ।
‘यो ६ वटा बाकसहरूको सेट हो। एक वर्ष ६ महिनादेखि दुई वर्ष ६ महिनासम्मका बालबालिकाहरूका लागि ३ वटा बक्सहरू र दुई वर्ष ६ महिनादेखि चार वर्षसम्मका बालबालिकाहरूका लागि ३ वटा बक्सहरू हुन्छन्। सबै बाकसहरूमा प्रारम्भिक बाल हेरचाह विशेषज्ञहरूद्वारा प्रगतिशील रूपमा योजना गरिएका गतिविधिहरू छन्,’ किडजीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
यो किटमा अभिभावकहरुलाई निर्देशनात्मक भिडियो र बच्चाहरूलाई राइम भिडियोहरू पनि समावेश गरिएको बताइएको छ।
किडजीले संचालनमा ल्याएको अर्को सेवा हो लर्निङ फेरिस। यो अनलाइन भिडियोमा आधारित कार्यक्रम भएको बताइएको छ। यसले बालबालिकालाई घरमा नै बसेर सिक्न मद्धत गर्ने दाबी किडजीको छ।
यो सेवामा आकर्षक भिडियोहरूको सेट रहेको र यसले मूल पाठ्यक्रमका साथै सह–पाठ्यक्रमका विषयहरूलाई समेट्ने बताइएको छ। किडजी मुख्यालयका शिक्षकहरूले हरेक हप्ता सत्र उपलब्ध गराउने पनि कम्पनीले जनाएको छ।
किडजीले सन् २०१५ बाट नेपालमा आफ्नो सेवा सुरु गरेको थियो। काठमाडौं, विराटनगर, चितवन र धरानमा ९ वटा प्रि-स्कुलको नेटवर्कसँग काम गरिरहेको बताइएको छ।
हाल किडजी काठमाडौंको मैतीदेवी, कलंकी, बौद्ध, बानेश्वर, सानेपा, सातदोबाटोमा रहेको छ। काठमाडौं बाहिर विराटनगर, धरान र चितवनमा रहेको बताइएको छ। किडजीले केही समयमा नै नेपालका विभिन्न स्थानहरुमा थप विस्तार गर्ने योजना बनाएको छ।