BIZMANDU
www.bizmandu.com

मोरङका कमल चुडाललाई फोनपेले दियो हुन्डाईको स्यान्ट्रो, बने ‘झट्ट ट्रान्सफर चट्ट कार’ विजेता

२०७८ चैत्र ६

मोरङका कमल चुडाललाई फोनपेले दियो हुन्डाईको स्यान्ट्रो, बने ‘झट्ट ट्रान्सफर चट्ट कार’ विजेता
मोरङका कमल चुडाललाई फोनपेले दियो हुन्डाईको स्यान्ट्रो, बने ‘झट्ट ट्रान्सफर चट्ट कार’ विजेता


काठमाडौं। फोनपेले दोस्रोपटक ल्याएको ‘झट्ट ट्रान्सफर चट्ट कार’ योजनाको विजेतालाई हुन्डाईको स्यान्ट्रो (एरा एक्जुकेटिभ) उपहार दिएको छ। 

Tata
Global Ime

फोनपेको उक्त बम्पर उपहार मोरङका कमल चुडालले जितेको फोनपेले जनाएको छ। चुडालले सनराइज बैंकबाट रकम ट्रान्सफर गर्दा बम्पर उपहार स्वरुप स्यान्ट्रो जित्न सफल भएको कम्पनीले जनाएको छ। 

फोनपेका असिस्टेन्ट सीइओ दिवस सापकोटा र सनराइज बैंकका नायब महाप्रबन्धक अपछकुमार यादवले गाडीको चाबी चुडाललाई हस्तान्तरण गरेका छन्। फोनपेले अघिल्लो वर्ष पनि यो योजना सञ्चालन गरेको थियो। जसमा झापाका उज्जल अधिकारीले हुण्डाइको ग्राण्ड आइ टेन गाडी जितेका थिए।

फोनपेले गत असोज ३१ देखि पुस १६ सम्म यो योजना सञ्चालन गरेको थियो। डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ७६ दिनसम्म सञ्चालन गरिएको यो योजनामा ७५ जनाले आइफोन १३ जित्न सफल भएको कम्पनीले जनाएको छ।

फोनपेबाट १० रुपैयाँमा कुनैपनि व्यक्तिको मोबाइल नम्बर उल्लेख गरी रकम पठाउन सकिन्छ। फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाइल एपमा गएर सेन्ड मनीमा छनोट गरी फोनपे डाइरेक्ट मार्फत सहजै रकम पठाउन सकिन्छ। 

फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन्। यस्तै फोनपेमा हालसम्म ६ लाख १५ हजार भन्दा बढी मर्चेन्ट रहेको कम्पनीले जनाएको छ। एक करोड ४० लाख भन्दा धेरै मोबाइल बैकिङ प्रयोगकर्ता तथा करिब ८० लाख भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एप मार्फत फोनपेले सेवा दिँदै आएको छ।