BIZMANDU
www.bizmandu.com

साइकल यात्री मंगल लामाले कञ्चनजंघादेखि हिल्सासम्म एकल यात्रा गर्दै, साहसिक पर्यटन प्रवर्द्धन

२०७८ चैत्र ७

साइकल यात्री मंगल लामाले कञ्चनजंघादेखि हिल्सासम्म एकल यात्रा गर्दै, साहसिक पर्यटन प्रवर्द्धन
साइकल यात्री मंगल लामाले कञ्चनजंघादेखि हिल्सासम्म एकल यात्रा गर्दै, साहसिक पर्यटन प्रवर्द्धन


Tata
Global Ime

काठमाडौं। नेपालको साहसिक पर्यटन प्रवर्द्धनका लागि नेपाली साइकल यात्री मंगलकुमार लामाले पूर्वको कञ्चनजंघादेखि सुदुरपश्चिमको सिमिकोट हिल्सासम्म एकल साइकल यात्रा सुरु गर्ने भएका छन्।

नेपाल पर्यटन बोर्डको प्रवर्द्धन र जिएचटी अन व्हीलको आयोजनामा हुन लागेको यो यात्रा १७ सय किलोमिटर लामो रहने बोर्डले जनाएको छ।

आइतबार बोर्डले लामालाई बिदाइ गरेको हो। कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहले यो साइकल यात्राले मुलुकको साहसिक पर्यटनमा थप टेवा पुग्ने बताए। मुलुकको साहसिक पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकार सधैँ सकारात्मक रहेको उनले जानकारी दिए।

यसैगरी बोर्डका उपाध्यक्ष चन्द्र रिजालले साहसिक पर्यटन नेपालको पहिचान भएको र सिमित स्रोत साधनमार्फत समग्र पर्यटन प्रवर्द्धनको काम गर्दै आएको बताए । साहसिक पर्यटन प्रवर्द्धन गर्दै आएको बोर्डले पर्यटन क्षेत्रमा सहभागीलाई सक्दो सहयोग गर्ने बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए।

साइकल यात्री लामाले आफ्नो पहिचान भन्दा पनि देशको पहिचानको लागि साहासिक यात्रा गर्न लागेको बताउँदै भने,'यस प्रकारका कार्यक्रममा बोर्डसहित अन्य सरकारी निकायको सहयोग आवश्यक रहेको छ।'

बोर्डका अनुसार लामाले चैत्र १८ गतेदेखि यो यात्रा सुरु गर्नेछन्। यो यात्रा ६० देखि ७० दिनसम्मको हुने बोर्डको अनुमान छ।