BIZMANDU
www.bizmandu.com

एनटीएले फाइभ-जी कार्यान्वयनको गुरुयोजनासम्बन्धी परामर्श दिन ४ कम्पनीलाई गर्‍यो सर्टलिस्ट

२०७८ चैत्र ११

एनटीएले फाइभ-जी कार्यान्वयनको गुरुयोजनासम्बन्धी परामर्श दिन ४ कम्पनीलाई गर्‍यो सर्टलिस्ट
एनटीएले फाइभ-जी कार्यान्वयनको गुरुयोजनासम्बन्धी परामर्श दिन ४ कम्पनीलाई गर्‍यो सर्टलिस्ट


काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणले फाइभ-जीको कार्यान्वयन र प्रचार गर्न आवश्यक गुरुयोजनाको परामर्श सेवाका लागि चार कम्पनी सर्टलिस्ट गरेको छ। 

Tata
Global Ime

प्राधिकरणले टेलिग्लोब सोसुसन्स प्रालि र एम-टेल सोसुसन्स प्रालि जेभी, ट्यान्जेन्ट कन्सल्ट ग्रुप प्रालि, इन्क्लुसिभ-एभरेष्ट जेभी र महारुद्र-एक्जुक्यूटिभ जेभी सर्टलिस्ट गरेको हो।

प्राधिकरणले पुस ९ गते ठेक्का आह्वान गरेको थियो। प्राधिकरणले फाइभ-जीलगायत नयाँ प्रविधिको परीक्षण सम्बन्धी कार्यविधि गत साउनमा ल्याएको थियो। सरकारले नेपाल टेलिकमलाई फाइभ-जी परीक्षणको अनुमतिसँगै फ्रिक्वेन्सी दिइसकेपनि अझै सुरु भएको छैन। 

टेलिकम कार्यवाहक प्रबन्ध निर्देशकको भरमा चल्दा फाइभ-जी सम्बन्धी महत्वपुर्ण निर्णयहरु हुन सकेका छैनन्। जसका कारण फाइभ-जी परीक्षण सुरु गर्ने काम अझै हुन सकेको छैन। 

देशका चार विभिन्न सहरहरूबाट फाइभ-जी परीक्षण गर्ने सरकारी योजना छ। काठमाडौंसँगै पोखरा, वीरगंज र विराटनगरबाट फाइभ-जी परीक्षणका लागि टेलिकमले अनुमति पाएको छ।