BIZMANDU
www.bizmandu.com

सेनाले माग्यो १९४ जना डाक्टर, इन्जिनियरदेखि पाइलटसम्मलाई अवसर, वैशाख १३ गते आवेदन समय

२०७८ चैत्र १४

सेनाले माग्यो १९४ जना डाक्टर, इन्जिनियरदेखि पाइलटसम्मलाई अवसर, वैशाख १३ गते आवेदन समय
सेनाले माग्यो १९४ जना डाक्टर, इन्जिनियरदेखि पाइलटसम्मलाई अवसर, वैशाख १३ गते आवेदन समय


काठमाडौं। नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि दरखास्त आह्वान गरेको छ। नेपाली सेनामा रिक्त रहेका लेखा उपसेनानी, डाक्टर उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न ट्रेडका २९ अधिकृत पदका लागि सोमबार एक सूचना जारी गर्दै जंगी अड्डाले दरखास्त आह्वान गरेको हो।

Tata
Global Ime

सेनाले गरेको आह्वानमा उपसेनानी डाक्टर पदका लागि ठुलो संख्यामा माग गरेको छ। यसका लागि ५० जना माग गरेको छ। आवेदन दिनका लागि एमबीबीएस गरेको हुनुपर्ने छ। यसैगरी लेखा उपसेनानी पदका लागि पनि  ४० जना मागेको छ।  

यस्तै, सैनिक उपचारिका उपसेनानी १८ जना र कम्प्युटर प्राविधिक उपसेनानी १६ जनालगायत विभिन्न २९ पदका लागि १९४ जना प्राविधिक अधिकृतका लागि विज्ञापन आह्वान गरिएको छ। 

सैनिक तालिम वा आफ्नो गर्दा गर्दै कुनै शारीरिक चोट पटक लागि सोही कारणबाट शारीरिक रुपमा अशब्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएको नेपाली सैनिकका सन्ततिको लागि, महिला, आदिवासी/जनजाति, मधेशी, दलित, पिछडिएको क्षेत्र लगायत खुल्लामा दरखास्त आह्वान गरेको छ।

आवेदन दिने इच्छुकले सबै पदका उम्मेदवारहरुको उचाई पाँच फिट तीन इन्च, छाती न्युनतम ३२ इन्चदेखि ३४ इन्च र वजन ५०  केजी अनिवार्य हुनुपर्नेछ।

यी सबै पदका लागि अनलाइनबाट फाराम भर्न सकिनेछ। आगामी वैशाख १३ गतेसम्म दरखास्त दिन सकिनेछ। दोब्बर दस्तुरमा थप एक सातासम्म फाराम भर्न सकिने सूचनामा उल्लेख छ।