BIZMANDU
www.bizmandu.com

मोबाइल फोन बनाउनेदेखि ब्युटिसियनसम्म २२६० लाई निःशुल्क तालिम, कसलाई गर्ने सम्पर्क?

२०७८ चैत्र १५

मोबाइल फोन बनाउनेदेखि ब्युटिसियनसम्म २२६० लाई निःशुल्क तालिम, कसलाई गर्ने सम्पर्क?
मोबाइल फोन बनाउनेदेखि ब्युटिसियनसम्म २२६० लाई निःशुल्क तालिम, कसलाई गर्ने सम्पर्क?


काठमाडौंं। सरकारले देशभर विभिन्न स्थानमा २२६० जनालाई निःशुल्क स्वरोजगार तालिम दिने भएको छ। सरकारले मोबाइल फोन मर्मतदेखि बेकरीसम्मको तालिम दिन लागेको हो।

Tata
Global Ime

श्रम मन्त्रालय अन्तर्गतको व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले आफूले सूचीकृत गरेका केही संस्थाहरुबाट तालिम दिन लागेको हो। तालिम लिन इच्छुकले फोनमार्फत सम्पर्क गर्न सक्छन्।

सरकारले मोबाइल फोन रिपेयरिङका लागि १६० जनालाई तालिम दिने छ भने कम्प्युटर रिपेयरिङ तालिम ६० जनालाई दिने छ। यसैगरी बिल्डिङ इलेक्ट्रिसियन १०० जनालाई, टायल मार्वल फिटर ८० जना, वेल्डर ८० र टेलरिङ एड्भान्स १ सय ६० जनालाई तालिम दिने छ।

टेलरिङ तालिम २०० जनालाई, सेक्युरिटी गार्ड तालिम १ सय ४० जनालाई, बिल्डिङ इलेक्ट्रिसियन १०० जनालाई, प्लम्बिङ ६० जना, कम्प्युटर रिययरिङ १०० जनालाई दिने छ। सरकारले कम्पनी छनोट गरेर यी तालिम कसको भागमा भनेर छुट्याइदिएको छ। त्यसैले फरक फरक कम्पनीले एउटै तालिम विभिन्न ब्यक्तिहरुलाई दिने छन्।

फेसन डिजाइनर तालिम १६० जना, मेशन २०० जना, सेक्युरिटी गार्ड १४० जना, ब्युटिसियन २०० जना, प्लम्बिङ १४० जना, ब्युटिसियन एड्भान्स १६० जना र बेकर १६० जनालाई तालिम दिइने छ। यसको विवरण मंगलबारको गोरखापत्रमा छापिएको छ।