BIZMANDU
www.bizmandu.com

देशभर फोरजी ग्राहक संख्या डेढ करोड नाघ्यो, एनसेलको घट्दा टेलिकमले थप्यो झण्डै ६ लाख ग्राहक

२०७८ चैत्र २०

देशभर फोरजी ग्राहक संख्या डेढ करोड नाघ्यो, एनसेलको घट्दा टेलिकमले थप्यो झण्डै ६ लाख ग्राहक
देशभर फोरजी ग्राहक संख्या डेढ करोड नाघ्यो, एनसेलको घट्दा टेलिकमले थप्यो झण्डै ६ लाख ग्राहक



काठमाडौं। देशभर फोरजी ग्राहक संख्या एक करोड ५० लाख नाघेको छ। मंसिरमा एक करोड ४४ लाख ८३ हजार ६५६ रहेको फोरजी ग्राहक संख्या पुसमा झण्डै पाँच लाख ७५ हजारले थपिएर एक करोड ५० लाख ५८ हजार २६९ पुगेको नेपाल दूरसंचार प्राधिकरणले जनाएको छ। 

Tata
Global Ime

प्राधिकरणले गत पुसको तथ्यांक सार्वजनिक गर्दै नेपाल टेलिकमले एकै महिना पाँच लाख ९६ हजार ५६ ग्राहक थपेको जनाएको छ। मंसिरमा ८१ लाख ७४ हजार २६९ फोरजी ग्राहक रहेको टेलिकमले पुसमा ८७ लाख ७० हजार ३२५ पुर्‍याएको छ। 

यस्तै, निजी क्षेत्रको दूरसंचार सेवा प्रदायक एनसेलको भने फोरजी ग्राहक संख्या झण्डै साढे २५ हजारले घटेको छ। मंसिरमा एनसेलसँग ६१ लाख ४८ हजार ५९१ फोरजी ग्राहक रहेकोमा पुसमा घटेर ६१ लाख २३ हजार ०९६ पुगेको प्राधिकरणले जनाएको छ। 

निजी क्षेत्रकै अर्को कम्पनी स्मार्ट टेलिकमको भने फोरजी ग्राहक संख्या बढेको छ। मंसिरमा स्मार्टसँग एक लाख ६० हजार ७९६ रहेकोमा पुसमा बढेर एक लाख ६४ हजार ८४८ पुगेको प्राधिकरणले जनाएको छ। 

त्यसैगरी, देशभर थ्रीजी ग्राहकको संख्या एक लाख ४६ हजार ५०५ ले घटेको छ। मंसिरमा टेलिकमसँग एक करोड ८६ हजार २२२ रहेकोमा पुसमा ४९ हजार ५६३ ले घटेर एक करोड ३६ हजार ६५९ पुगेको प्राधिकरणले जनाएको छ। 

एनसेलको पनि थ्रीजी ग्राहक संख्या ९६ हजार ९४२ ले घटेको छ। माघमा एनसेलसँग २१ लाख ९७ हजार ५२८ थ्रीजी ग्राहक रहेकोमा पुसमा घटेर २१ लाख ५८६ पुगेको प्राधिकरणले जनाएको छ।