काठमाडौं। सामसङले नयाँ वर्षको अवसरमा "नयाँ वर्षको कोसेली, घर भित्र्याऔं यसपाली” योजना संचालनमा ल्याएको छ। योजना अनुसार सामसङका टिभी तथा अन्य विद्युतीय उपकरणहरुको खरिदमा छुट पाइने कम्पनीले जनाएको छ।
यो योजना सामसङको टिभी, रेफ्रिजेरेटर, र वासिङ मेसिन खरीदमा लागू गरिएको बताइएको छ । सामसङको लाइफस्टाइल टिभि द फ्रेम किन्दा क्यासब्याक दिने कम्पनीले जनाएको छ।
योजना अनुसार सामसङको शतप्रतिशत कलर भोल्युम क्वान्टम डट प्रविधिको क्यु एल इ डि टिभिमा २० प्रतिशतसम्म क्रिस्टल ४के युएचडि टिभिमा २० प्रतिशत भन्दा बढी छुट पाइने छ। सामसङका स्मार्ट टिभीमा २५ प्रतिशतसम्म छुट पाइने बताइएको छ ।
यसैगरी सामसङको ५७९ लिटर क्षमताको कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर, ३१४ लिटर क्षमताको कर्ड माइस्त्रो, र डिजिटल इन्भर्टर डबल डोर रेफ्रिजरेटरहरु र सिंगल डोर रेफ्रिजरेटरहरुमा २२ प्रतिशतसम्मको क्यासब्याक अफरका पाइने कम्पनीले जनाएको छ।
यस्तै ८ केजी, ९ केजी र १२ केजी क्षमताका हाइजिन स्टीमयुक्त सामसङ फ्रन्ट लोड वासिङ्ग मेसिन, ८ र १२ केजी क्षमताका ए आइ इकोबबल वासर ड्रायर, ७ केजी तौल कपासिटिको सामसङ टप लोड डिजिटल इन्भर्टर प्रविधि, र ७ केजीको डायमण्ड ड्रम प्रविधियुक्त सामसङको टप लोड वासिङ मेसिनहरुमा पनि योजना अवधिभर १७ प्रतिशतसम्म क्यास ब्याक दिने जारी विज्ञप्तीमा उल्लेख छ।