BIZMANDU
www.bizmandu.com

इसेवाबाट कुनै पनि बैंकको क्रेडिट कार्ड भुक्तानी निःशुल्क गर्न सकिने, अप्रिलभर पैसा नलाग्ने

२०७८ चैत्र २३

इसेवाबाट कुनै पनि बैंकको क्रेडिट कार्ड भुक्तानी निःशुल्क गर्न सकिने, अप्रिलभर पैसा नलाग्ने
इसेवाबाट कुनै पनि बैंकको क्रेडिट कार्ड भुक्तानी निःशुल्क गर्न सकिने, अप्रिलभर पैसा नलाग्ने



काठमाडौं। इसेवामार्फत कुनै पनि बैंक तथा वित्तीय संस्थाको क्रेडिट कार्ड भुक्तानी नि:शुल्क गर्न सकिने भएको छ। अनलाइनमार्फत क्रेडिट कार्ड भुक्तानी गर्ने कार्यलाई प्रोत्साहन गर्न इसेवाले यो सुविधा ल्याएको जनाएको छ।

Tata
Global Ime

यो योजना आगामी अप्रिल ३० सम्म सञ्चालन हुने छ। नेपालमा पछिल्ला दिनहरुमा क्रेडिट कार्ड प्रयोग गर्ने प्रयोगकर्ताको संख्या बढ्दै गएको छ। इसेवामा हाल ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध भइसकेको कम्पनीले जनाएको छ।

इसेवा अकाउन्ट भएका प्रयोगकर्ताहरुले आफ्नो मोबाइलबाट सहजै क्रेडिट कार्ड भुक्तानी गर्न सक्ने बताइएको छ।

इसेवा अकाउन्ट नभएका प्रयोगकर्ताहरुले नजिकै रहेका इसेवा जोन, पोइन्ट तथा क्यास पोइन्टमार्फत क्रेडिट कार्ड रकम भुक्तानी गर्न सक्ने जनाइएको छ।