BIZMANDU
www.bizmandu.com

ग्यापुको दोस्रो वार्षिकोत्सवमा ग्राहकलक्षित योजना, आठ दिनसम्म सामान किन्दा अफरै अफर

२०७८ चैत्र २५

ग्यापुको दोस्रो वार्षिकोत्सवमा ग्राहकलक्षित योजना, आठ दिनसम्म सामान किन्दा अफरै अफर
ग्यापुको दोस्रो वार्षिकोत्सवमा ग्राहकलक्षित योजना, आठ दिनसम्म सामान किन्दा अफरै अफर


Tata
Global Ime

काठमाडौं। इ-कमर्स प्लाटफर्म ग्यापु अनलाइनले आफ्नो दोस्रो वार्षिकोत्सवमा ग्राहकलक्षित योजना सार्वजनिक गरेको छ। आठ दिनसम्म आयोजना हुन लागेको 'ग्यापुभर्सरी अनलाइन मेला' मा ग्राहकले पाँच हजारभन्दा बढी किसिमका दैनिक उपयोगी सामाग्री खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

मेलामा सामाग्री खरिद गर्ने ग्राहकले अधिकतम ८० प्रतिशत सम्म छुट पाउन सक्ने जनाइएको छ। कम्पनीका अनुसार मेलामा ११ वटा भन्दा बढी प्रकार, २० वटाभन्दा बढी ब्राण्डका सामान राखिएको छ। कम्पनीले ग्यापु ग्रेटेस्ट गिभ अवे/फ्री, ग्रेटेस्ट गिभ अवे अन्तर्गत १५ वटा ब्राण्ड राखेको छ।

लाइभ सेल रहने मेलामा बिभिन्न बैंक र इ-वालेट मार्फत विशेष छुट पाउन सकिने कम्पनीले जनाएको छ। ग्राहकले एनसिसि बैंकमार्फत डिजिटल भुक्तानी गर्दा, माच्छापुछ्रे बैंक बाट डिजिटल भुक्तानी गर्दा, र हिमालयन बैंकका कार्ड प्रयोग गरि भुक्तानी गर्दा २० प्रतिशत छुट पाउन सक्ने संस्थापक ज्ञानेन्द्र खड्काले बताए।

उनका अनुसार कम्पनीले इ-वालेट छुटका लागि इ-सेवा, खल्ती र फोनपेसँग सहकार्य गरेको छ। तीनवटा इ-वालेटमार्फत कारोबार गर्दा ग्राहकले शतप्रतिशत क्यास ब्याक सम्म पाउन सक्नेछन्। साथै एनआइसी बैंकका कार्ड प्रयोगकर्ता ग्राहकले विशेष छुट पाउने जनाइएको छ।

इसेवामार्फत कारोबार गर्ने ग्राहकले शतप्रतिशतसम्मको क्यास ब्याक लिन सक्ने कम्पनीले बताएको छ। यसैगरी खल्ती एपमार्फत कारोबार गर्ने ग्राहकले २० प्रतिशत छुट पाउन सक्ने र फोनपेमार्फत कारोबार गर्ने ग्राहकले ३० प्रतिशत छुट पाउन सक्ने जनाइएको छ।

कोभिड कहरका कारण भएको पहिलो लकडाउनको विषम परिस्थितिमा उपभोक्तालाई भिडभाडमा जानुपर्ने अवस्थाको अन्त्य गर्दै तरकारी, फलफूल, खाद्यान्न लगायत अत्यावश्यक बस्तुको नि:शुल्क होम डेलिभरी गर्दै सुरु भएको ग्यापु मार्केटप्लेस (gyapu.com) दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको हो।

‘कोभिडको त्रसित माहोलमा यात्रा सुरु गर्नु पक्कै पनि सहज थिएन।’ ग्यापुका संस्थापक खड्काले भने ‘ई-कमर्समा अभ्यस्त नभइसकेको नेपाली बजारमा हामीले उपभोक्ताको माया पायौं, जसका कारण हामीलाई निकै हौसला मिलेको छ ।'

हाल कम्पनीले दैनिक सात सयभन्दा बढी नेपाल भर नि:शुल्क डेलिभरी गर्दै आएको उनले बताए।