BIZMANDU
www.bizmandu.com

२०२२ को पहिलो त्रैमासमा ५.१ प्रतिशत घट्यो पीसी बजार, लेनोभोको दबदबा कायमै

२०७८ चैत्र २९

२०२२ को पहिलो त्रैमासमा ५.१ प्रतिशत घट्यो पीसी बजार, लेनोभोको दबदबा कायमै
२०२२ को पहिलो त्रैमासमा ५.१ प्रतिशत घट्यो पीसी बजार, लेनोभोको दबदबा कायमै


काठमाडौं। सन् २०२२ को पहिलो त्रैमासमा पर्सनल कम्प्युटर (पीसी) बजारमा ५.१ प्रतिशतले गिरावट देखिएको छ। अन्तर्राष्ट्रिय डेटा निगम (आइडीसी) का अनुसार अझै पनि सप्लाई चेन र लजिस्टिकल चुनौतीका कारण पीसी बजारमा नकारात्मक प्रभाव देखिएको जनाएको छ। 

Tata
Global Ime

२०२२ को पहिलो त्रैमासमा पीसी भेन्डरहरुले विश्वभर ८ करोड ५ लाख थान पीसी सिपिङ गरेका छन्। विगत सातवटा त्रैमासयता नै पीसी सिपिङ संख्या आठ करोड थान माथि नै रहेको भन्दै आइडीसीले पीसी उद्योग धरासायी हुँदै गएको भन्न भने नमिल्ने विश्लेषण गरेको छ। 

आइडीसीका अनुसार अघिल्लो त्रैमास (२०२१ को चौथो त्रैमास) र २०२२ को पहिलो त्रैमासमा पीसी उत्पादकहरु श्रेणीमा कुनै परिवर्तन नआएको जनाएको छ। 

जसका कारण पीसी बजारमा लेनोभोले नै आफ्नो दबदबा कायमै राख्न सफल भएको छ। लेनोभोसँग २०२२ को पहिलो त्रैमासमा बजार हिस्सा २२.७ प्रतिशत रहेको छ। एचपीसँग १९.७ प्रतिशत, डेल १७.१ प्रतिशत, एप्पल ८.९ प्रतिशत बजार हिस्सा रहेको आइडीसीले जनाएको छ। 

यस्तै, एसस र एसर भने समान रुपमा पाँचौं स्थानमा छन्। २०२२ को पहिलो त्रैमासमा यी दुवै कम्पनीको बजार हिस्सा क्रमश: ६.९ प्रतिशत र ६.८ प्रतिशत रहेको आइडीसीले जनाएको छ। 

शीर्ष पाँचमा रहेका डेल, एप्पल र एससले मात्रै अघिल्लो वर्ष पहिलो त्रैमासको तुलनामा यो वर्षको सोही अवधिमा सिपमेन्टमा वृद्धि गरेका छन्। 
सप्लाई चेन अभावका कारण नोटबुक पीसीको बजार घट्दा डेस्कटपको भने झिनो अंकले उकालो लागेको आइडीसीले जनाएको छ।