BIZMANDU
www.bizmandu.com

रेमिटेन्स ९१ अर्ब ७ करोड रुपैयाँ भित्रियो, महिना दिनमै १९ अर्ब ४० करोड रुपैयाँले बढ्यो

२०७८ चैत्र २९

रेमिटेन्स ९१ अर्ब ७ करोड रुपैयाँ भित्रियो, महिना दिनमै १९ अर्ब ४० करोड रुपैयाँले बढ्यो
रेमिटेन्स ९१ अर्ब ७ करोड रुपैयाँ भित्रियो, महिना दिनमै १९ अर्ब ४० करोड रुपैयाँले बढ्यो


काठमाडौं। वैदेशिक मुद्राको मौज्दात घटिरहँदा फागुनमा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा भने बढेको छ। रेमिटेन्स १७ महिनायताकै उच्च फागुनमा आएको छ।

Tata
Global Ime

फागुनमा ९१ अर्ब ७ रुपैयाँ रेमिटेन्स भित्रिएको छ। जबकी माघमा ७१ अर्ब ६७ करोड रुपैयाँ भित्रिएको थियो। 

फागुनमा भित्रिएजति रेमिटेन्स गत वर्ष २०७७ असोजमा मात्र भित्रिएको थियो। त्यसबेला ९३ अर्ब १३ करोड रुपैयाँ भित्रिएको थियो।

नेपाल राष्ट्र बैंकले रेमिटेन्स खातामा अन्यभन्दा एक प्रतिशत विन्दु बढी ब्याज दिन थालेकाले पनि रेमिटेन्स वृद्धि भएको विश्लेषण छ। यसबाहेक अमेरिकी डलरको भाउ बढेका कारण पनि सटही सुविधा बढि पाइन्छ भनेर रेमिटेन्स दर बढेको देखिन्छ।